Advertisement
SKIP THIS
नेता उत्पादनका लागी उर्बर भुमी रिडिकोटको ककडसात गाउँ आफु भने उजाड

तारामान खड्का अछाम :अछाम सहित प्रदेश र केन्द्रका लागी नेता उत्पादनका लागी उर्बर भुमी मानिएको अछामको साँफेबगर नगरपालीका ७ रिडिकोटमा रहेको एक गाउँ हो ककडशात , ६० भन्दा बढी घर परिवार रहेको गाउँमा बर्षौ देखि खानेपानी र सिचाईको अभाव रहेको छ ।

गाउँ नजिकै करिव २०० मिटर तल अछामकै ठुलो नदि बुढीगंगाा समेत बग्ने गरेको छ तर ककडशातबासी भने बर्षौ देखि काकाकुल जस्तै बनेका छन ।पानीको अभावकै कारण नागरिक बसाइसरी समेत गएका छन । सोहि ठाउले स्व पुर्ब गृहमन्त्री नयन बहादुर स्वार देखि पुर्ब सूचना तथा सञ्चार राज्य मन्त्री नेपाली कांग्रेसका केन्दीय सदस्य गोबिन्द्र बहादुर शाह देखि कर्मचारी क्षेत्रमा सम्म राष्ट्रका लागी नेतृत्व उत्पादन गरेको छ । कडकसातलाई अछामको मरुभुमि भन्दा फरक नपर्ला।

पहाडी क्षेत्रमा फाट भएको जमिन भेटाउन मुस्कीलै हुन्छ , तर ककडशातमा प्रयाप्त मात्रामा तराइको फाट जस्तै जमीन छ, नागरिकले भने सो जमिनमा खेति लगाउनै नपाएका स्थानिय बालाराम भाटले बताए ।करिव ५०० भन्दा बढी रोपनी फाट भएको खेतियोग्य जमिन सिचाईको अभावमा बर्षौ देखि बाझै छ ,सिचाई कुलो र गाउँ भित्रै पानीको स्रोत नहुदाँ आकाशे पानीको भरमा स्थानिय बासी खेतिपाती लगाउने गरेको नरमदेवि राईजुले बताईन ।

गाउँले राष्ट्रीय स्तरका नेता उत्पादन गरेपनि नेताहरु भने निर्वाचनमा मात्रै देखा पर्ने उनिहरुले घर घरमै आएर पानी ल्याउछु भनेर आश्वासन मात्रै दिने, सुन फल्ने जस्ता गराहरु बाझै हुदाँ भोक भोकै बस्नु पर्ने स्थानिय भाग्यश्वरी बिश्वकर्माले बताईन ।आकाशे पानीका भरमै खेति लगाउने उनिहरुले हिउँदमा खेति लगाउनलाई गराहरु जोतेर छोडेका छन ।तर हिउँदमा पानी नपर्दा उनिहरुको मेहनत खेर गएको देउसरा बिश्वकमाले बताईन ।

ककडशात गाउँको सिचाईका लागि नजिकै कुनै स्रोत नभएको बुढीगंगा नदिबाट लिफ्टिङ्ख गरेर पानी ल्याउने प्रयास भएपनि सफल नभएको पाईएकोे साँफेबगर नगरपालीका उपप्रमुख शिब कुँवरले बताए । नगरको बजेटबाट सम्भव नभएको प्रदेश र केन्द्रलाई बजेट माग गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया