Advertisement
SKIP THIS
ग्लोबल आईएमई बैंकद्धारा विद्यार्थीसँग अन्तक्रिर्या

अछाम: ग्लोबल आईएम ई बैंक लिमिटेड मंगलसेन शाखाको आयोजनामा बित्तिय साक्षरता सम्बन्धि विद्यार्थीसँग अभिमुखिकरण कार्यक्रम मंगला नेरा मावि वलिगाउमा सम्पन्न भएको छ । ग्लोबल आर्थिक हप्ता कार्यक्रम अन्तरगत अन्तरगत विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन र प्राविधिक संकाय तर्फ अध्ययनरत विद्यार्थीलाई बैंकिङ प्रणालिका बारेमा जानकारी गराईएको थियो ।

मानविय जिवनमा बैंकिङ बचत अति आवश्यक भएकाले भविष्यमा त्यसतर्फ ध्यान दिदै अघि बढन ग्लोबल आईएम ई बैंक लिमिटेड मंगलसेन शाखाका प्रबन्धक कृष्णबहादुर सोडारीले प्रत्येक विद्यार्थीलाई आग्रह गर्नु भयो । बचत सुरक्षित भबिष्य भएकाले त्यस तर्फ अग्रसर हुँदै आफ्ना अभिभावकलाई जानकारी गराउन समेत विद्यार्थीलाई आग्रह गरे ।

विद्यार्थीसँग बैंक समेत भएकाले बैंकका हरेक सुविधा प्रयोग गर्न तथा सुझाव सल्लाह दिन पनि प्रबन्धक सोडारीले आग्रह गर्नु भयो । अभिमुखिकरण कार्यक्रमको सहजिकरण बैंकका प्रबन्धक कृष्णबहादुर सोडारी र सहायक प्रबन्धक कमल बिष्टले गरेका थिए ।

तपाईको प्रतिक्रिया