Advertisement
SKIP THIS
नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा सम्मेलन सम्पन्न

निराकरण खबर अछाम:नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा सम्मेलन सम्पन्न भएको छ।

नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटका सभापति तिलाराम टमट्टाको अध्यक्षतामा वडा सम्मेलन सम्पन्न भएको हो ।कार्यक्रम नेपाली कांग्रेस केन्द्रिय सदस्य गोबिन्द्र बहादुर शाह प्रमुख अथीती रहेका थिए। बिशिस्ट अथिति नेपाली कांग्रेस महासमीती सदस्य भगवती खनाल,पुर्ब जिल्ला सचिव भरत बहादुर कुमाल,वडा सम्मेलनका जिल्ला प्रतिनीधी गोकुल भाट,नगर प्रतिनीधी राम बहादुर कुँवर,जिल्ला दलित संधका उपाध्यक्ष नैन सिहं थलारी रहेका थिए ।

कार्यक्रम वडा अध्यक्ष हिक्मत कडायत, पुर्ब वडा अध्यक्ष मिठ्ठु भाट, महिला नेत्री धनकला कुमाल, नगर सभापती लाल बहादुर कुँवर नगर कार्यसमीती कोषाध्यक्ष धनकला कुमाल दलित संघ नगर सचीव एकेन्द्र भुल लगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
वडा सम्मेलन पार्टी थप र संगठनलाई थप सुदृढ बनाउदै जाने वडा सभापति तिलाराम टमट्टाले बताए ।कार्यक्रमको सञ्चालन वडा सचिव भपेन्द्र कुमालले गरेका थिए ।

तपाईको प्रतिक्रिया