Advertisement
SKIP THIS
नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौको वडा सम्मेलन सम्पन्न

निराकरण खबर अछाम:नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौको वडा सम्मेलन साँफेबगरमा सम्पन्न भएको छ।

नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौका सभापति भिम कुँवरको अध्यक्षतामा वडा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रम नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रुपा आउजी प्रमुख अथिति रहेकी थिईन। बिशिस्ट अथिति नेपाली कांग्रेस जिल्ला सदस्य तथा साँफेबगर नगरपालिका ईन्चार्ज गोकुल भाट जिल्ला सदस्य सुरत कुँवर रहेका थिए ।

कार्यक्रम साँफेबगर नगरसभापति लाल बहादुर कुँवर पुर्व जिल्ला बिकास समिति कालू सिहं कुँवर लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।वडा सम्मेलन पार्टी थप र संगठनलाई थप सुदृढ बनाउदै जाने वडा सभापति भिम बहादुर कुँवरले बताए ।

तपाईको प्रतिक्रिया