Advertisement
SKIP THIS
अछामको जनसंख्या २८ हजार ६ सय २५ ले घट्यो

अछाममा ९ स्थानीय तहमा घट्दा ढकारी गाउँपालिकामा भने बढ्यो

निराकरण खबर अछाम:२०६८ को जनगणना २ लाख ५७ हजार ४ सय ७७ रहेकोमा २०७८ को जनगणना २ लाख २८ हजार ८ सय ५२ रहेको छ।

२०६८ को जनगणना अनुसार बान्नीगढी जयगढ गाउँपालिकाको जनसंख्या १७ हजार ३ सय ५९ रहेको ३ हजार ७ सय ८० घटेर १३५१९ पुगेको छ। चौरपाटी गाउँपालिकामा २५हजार १ सय ४९ रहेकोमा ३ हजार ४ सय ६८ घटेर २१ हजार ६ सय ८१ पुगेको छ।ढकारी गाउँपालिकामा २१ हजार ५ सय ६२ रहेकोमा ४ सय ३५ बढेर २१ हजार ९ सय ९७ पुगेको छ।मेल्लेख गाउँपालिका २४ हजार ६ सय ७०रहेकोमा १८ सय ८५ घटेर २२हजार ७ सय ८५ र तुर्माखाँद गाउपालिकामा २४ हजार ७ सय ६४ रहेकोमा १ सय ९० घटेर २४ हजार ५ सय ७४ पुगेको छ।

यस्तै सबैभन्दा धेरै जनसंख्या रहेको अछामको साँफेबगर नगरपालिकामा २०६८ को जनगणना अनुसार ३३ हजार ७ सय ८८ रहेकोमा ७ हजार ८ सय ९७ घटेर २५ हजार ८ सय ९१ पुग्दा मंगलसेन नगरपालिकामा ३२ हजार ५ सय ७ रहेको घटेर ५ हजार ५ सय ५० घटेर २६हजार ५सय ५७ पुगेको छ। कमलबजार नगरपालिकामा २३ हजार ७ सय ३८ रहेकोमा२७ सय ६ जनसंख्या घटेर २१ हजार ३२ हुदाँ पञ्चदेवल बिनायक नगरपालिकामा २७ हजार ४ सय ८५ मा १३ सय ९७ घटेर २६ हजार ८८ रहेको राष्ट्रिय जनगणना २०७८ले जनाएको छ।जनसंख्या घट्नुको मुख्य कारण भने बसाइँसराई नै रहेको छ।

तपाईको प्रतिक्रिया