Advertisement
SKIP THIS
अछाममा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

निराकरण खबरर अछाम:अछाममा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ।

बिहिवार जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. ५ भिमड खोलाको ओढारमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

बिहिवार प्रहरी चौकी सिउडी अछामबाट प्रहरी नायव निरीक्षक लाल सिंह बिष्टको कमाण्डमा खटिई गएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भिमड खोलाको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

भरुवा बन्दुक चालु अवस्थामा रहेको घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया