Advertisement
SKIP THIS
अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक बालिकाको मृत्यु

निराकरण खबर अछाम:अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक बालिकाको मृत्यु भएको छ।

आईतबार दिउँसो जिल्लाको मेल्लेख गाउँपालिका ३ मा से १ त ३४३१ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ पिपलसैन माध्यामिक बिधालय ठाटीमा अध्यनरत १६ बर्षिय मनिषा बुढाको मृत्यु भएको हो।

दुर्घटना परि सोही बिधालय अध्यनरत १५ बर्षिय पार्वती बुढा,१४ बर्षिय करिष्मा बिक,१२ बर्षिय पुष्प बिक र १७ बर्षिय सुस्मिता बुढा घाइते भएकी हुन।

घाइते उनिहरुको बयालापाटा अस्पताल उपचार भईरेहेको छ। ट्याक्टर सवारी बिधार्थी बिधालयबाट परीक्षा दिएर एक संस्थाले दिएको सामाग्री लिन वडा कार्यालय बगुडा जादै गरेका थिए ।

तपाईको प्रतिक्रिया