Advertisement
SKIP THIS
अछामका २ क्याम्पस स्ववियु निर्वाचन हुँदै : ५ क्याम्पसमा भने स्थगित

निराकरण खबर अछाम:अछामका २ अछामका २ क्याम्पस स्ववियु निर्वाचन हुदैछ।

त्रिभुवन बिश्वबिद्धालयले तोकेको स्ववियु निर्वाचन तालिका अनुसार त्रिपुरा बहुमुखी क्याम्पस श्रृकोट र कमलबजार बहुमुखी क्याम्पस कमलबजारमा आईतवार बिहान देखि निर्वाचन सुरु हुनेछ।

त्रिपुरा बहुमुखी क्याम्पसमा नेपाल बिधार्थी संघबाट कमल कुँवरको नेतृत्वमा र एमाले निकट अनेरास्ववियुबाट सन्तोष बहादुर कडायतको नेतृत्व चुनावी मैदान प्रतिस्पर्धामा रहेका छन।

यस्तै कमलबजार बहुमुखी क्याम्पस नेबिसंघबाट मनिषा बिष्ट र एमाले निकट अनेरास्ववियुबाट सुरेन्द्र चलाउने चुनावी प्रतिस्पर्धा रहेका छन।

अछामका दुबै क्याम्पसमा नेबिसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियुले गठबन्धन गरि चुनावी गठबन्धन गर्दा एमाले निकट अनेरास्ववियु एक्लै चुनावी मैदानमा रहेको छ।

५ क्याम्पसमा भने स्थगित

यस्तै अछामका ५ क्याम्पस स्ववियु निर्वाचन स्थगन भएका छन।बिभिन्न बिधार्थी संगठनले आफ्ना माग पूरा नभएको भन्दै तालाबन्दी गर्दा अछाम बहुमुखी क्याम्पस मंगलसेन, जनता बहुमुखी क्याम्पस बयालपाटा, पञ्चदेवल बहुमुखि क्याम्पस बिनायक र जनशिखा बहुमुखी क्याम्पस र कैलाश बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएका छन।

क्याम्पसहरुमा बिधार्थी भर्ना बिषयमा बिवादहुदाँ तालाबन्दीको अवस्था सिर्जना भएको छ। क्याम्पस तालाबन्दी हुदाँ पठनपाठनमा प्रभावित भएको छ।

अछाम बहुमुखी र जनता बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेबिसंघ, एमाले निकट अनेरास्ववियु ,समाजवादी निकट अनेरास्ववियु माओवादी निकट अखिल क्रान्तिकारीले आ आफ्ना ताला लगाएका छन।

निर्वाचन कार्यालय र क्याम्पस प्रशासन तालाबन्दी हुदाँ निर्वाचन तालिका प्रभावित भएको भन्दै निर्वाचन समितिहरुले अनिश्चितकालका लागि स्ववियु निर्वाचन स्थगित गरेका छन।

तपाईको प्रतिक्रिया