Advertisement
SKIP THIS
बयालपाटा अस्पतालद्वारा दारी ग्याङ अछामलाई सम्मान

निराकरण खबर अछाम:न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पताल दारी ग्याङ अछामलाई सम्मान गरेको छ।

अस्पतालले १५ औं बार्षिक उत्सवको अवसरमा बयालपाटा अस्पतालमा उपचारार्थ बिरामीहरूलाई आवश्यक परेको बेला रक्तदान गरी बिरामीको जीवन जोगाउन दारी ग्याङले महत्त्वपूर्ण योग्दान गरेको भन्दै अस्पतालले कदर पत्र सहित सम्मान गरेको हो।

बयालपाटा अस्पतालको सम्मानले थप जिम्मेवार बहन भएको आगामी दिनमा थप जिम्मेवार भई काम गर्ने दारी ग्याङ अछामका अध्यक्ष उमेश कुँवरले बताए ।दारी ग्याङ अछामले बयालपाटा अस्पतालमा उपचार्थ बिरामीलाई आवश्यक रक्तदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया