Advertisement
SKIP THIS
पदमा भए पनि नभए पनि गाउँ ठाउँको बिकासको लागि पछि हट्दैन

निराकरण खबर अछाम:पुर्व उपप्रधानमन्त्री भीम रावलले आफु पदमा भए पनि नभए पनि गाउँ ठाउँको बिकासको लागि पछि नहट्ने बताए छन् ।

शुक्रबार बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रा २ जनालिकोट ३ बरदादेविका नागरिकले वडा नं २ जनालिकोटको भम्कमा आयोजना गरेको भेटधाट कार्यक्रम उपस्थित भएका रावलले बयालपाटा भाग्यश्वर गाज्रा बरदादेवि नन्देगडा सडकलाई स्तर उन्नतिका लागि आफुले पहल गर्ने बताए ।

उपस्थित नागरिकले यो सडक अति आवश्यक भएको बताउदै गाउँ बिरामी हुदाँ बोक्ने समेत नागरिक नभएको अवस्थामा बर्षाको समयमा एम्बुलेन्स समेत आउन नसक्ने भएकाले सास्ती भएको बताएका थिए ।

यश सडकको सुरुवाती बिन्दुमा आफुले पहिल्यै देखि बजेट बिनियोजन गरेरको जग्गा बिवादका कारण काम हनु नसक्ने अवस्था जग्गा बिवाद टुङ्गाउन उपस्थित सरोकारवालालाई अनुरोध गरे।

गाउँमा नागरिकका समस्या समाधान गर्ने नागरिकले गाउँमै सेवा सुबिधा पाउन भनेर स्थानिय सरकारलाई अधिकार सम्पन्न बनाएको भन्दै स्थानीय सरकार नागरिकका काम नगरे कसको सरकार हो भनी प्रश्न गरे। नागरिकका समस्या नबुझ्ने सरकार के जंगल जनावर बदेलको हो, के अब बदेल भोट हालेर जिताउने हुन रावलले भने,

तपाईको प्रतिक्रिया