Advertisement
SKIP THIS
बाल क्लबका पदाधिकारीको क्षमता अभिवृद्धि तालिम घुघुरकोटमा सम्पन्न

अछाम: बाल क्लबका पदाधिकारीहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा सम्पन्न भएको छ।

सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाद्वारा साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा गठित वडा स्तरिय बाल क्लब, बेतालमाण्डौँ माध्यामिक विद्यालय र घुघुरकोट माध्यामिक विद्यालयमा गठित बाल क्लबका पदाधिकारीलाई तालिम दिईएको हो । वडामा गठित तीनवटै बाल क्लबलाई बैठक १/१ थान बैठक रजिस्टर, १/१ थान रिङ्ग फाईल, १/१ दर्जन कलम, १/१ थान पन्चिङ, १/१ थानस्टेप्लायजर, १/१ रिम फोटोकपी पेपर, १/१ थान स्टील रुलर, १/१ थान फुटबल लगायत अन्य सामाग्री गरि जम्मा १०/१० थान वितरण गरिएको छ।

दुई दिने क्षमता अभिवृद्धि तालिममा वाक नेपालका पुर्व अध्यक्ष एवं कार्यकारी समिति सदस्य मीन बहादुर कुँवर र सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाका अधिकृत सत्य स्वारले प्रशिक्षण दिनु भएको थियो।

बाल क्लबका अध्यक्ष नानु परियारको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको संचालन सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाका सहजकर्ता अप्सरा बुढा महताले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया