Advertisement
SKIP THIS
सिपले जिवन उज्वल बनाउछ,  नगर प्रमुख खड्का

डाेटी:सिपले जिवन उज्वल बनाउने दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख वाजि सिंह खड्का ‘बिजय’ले बताउनु भएकाे छ।

घरेलु तथा साना उद्योग कार्यालय राजपुर डाेटीकाे आयाेजना तथा दिपायल सिलगढी नगरपालिका वडानम्वर ४ डाेटीकाे सहयोगमा ३ महिने सिलाई कटाई तालिमकाे उद्घाटन ग्रदै उहाँले उक्त कुरा बताएका हुन ।

जिवनमा सिकेकाे सिपले मानिस लाइ पूर्ण रूपमा आत्मनिर्भर बनाउछ, तेसैले याे महिला दिदीबहिनीहरुका लागि आयोजना गरिएको सिपमुलक सिलाई कटाई तालिमर्लाइ पूर्ण उपलब्धीपूर्ण बनाउनु पर्नेमा उहाँले जाेड दिनुभयो ,आम नागरिकका लागि सबै सिप उत्तिकै आवश्यक छन् सिपले मानिसको जिबनलाई उज्जल बनाउन्छ नगरपालिकाले यस्ता सिपमुलक कार्यलाई सधै प्राथमीकता दिने समेत नगर प्रमुख खड्काले बताए ।

उहाँले थप्नुभयो अहिले १२ जना सहभागीले याे तालिम पूर्ण रुपमा सफल गरि याे भन्दा माथिको चरण सिक्न चाहानुहुन्छ भने तपाइँकाे इच्छा कुन्ठित हुन दिने छैन त्यसकाे व्यावस्थापनमा आफु लाग्ने प्रतिवद्धता समेत सहभागी समक्ष राख्नु भएको थियो ।

तेस्तै कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनुभएका नगरपालिका उप प्रमुख कलावती महर साउद ले महिला उपयाेगी सिलाइकटाइ तालिमले सहभागी हरुलाइ आत्मनिर्भर बनाउनेमा जाेड दिनुभयो यस नगर भित्रका बेराेजगार लाइ साे-राेजगार बनाउने अभियान लाइ यस्तै कार्यक्रम हरुले सहयोग गर्ने भएकाले सहभागी लाइ दत्तचित्त मनले तालिम सिक्न अनुराेध गर्नुभएको थियो ।

कमले सानु काेही हुदैन सिपलाइ अपहेलित बनाउनु हुदैन सिप सिकेर आफुलाई दक्ष वनाउन सक्नु पर्छ कार्यलयले कहाँ सहयोगी भुमिका खेल्नुपर्छ तालिमलाई पूर्ण रुपमा उपलब्धी बनाउन पहल गरिने कार्यक्रम का सभाअध्यक्ष समेत रहनुभएका घरेलु तथा साना उद्योग कार्यालयल राजपुरका कार्यलय प्रमुख दिपेन्द्र शाहले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय राजपुर डाेटीकाे आयाेजना तथा दिपायल सिलगढी नगरपालिका वडानम्वर ४ काे सहयोगमा याेजना गरियकाे ३ महिने सिलाई कटाई तालिममा वडा नम्बर ४ का १२ जना महिला सहभागि हरुको सहभागितामा घरेलु तथा साना उद्योग कार्यालय राजपुर डाेटीकाेहलमा संचालन रहने आयोजकले बताएको छ ।

तालिमको उद्घाटन सत्रमा दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार, कार्यपालिका सदस्य पार्वती पार्कि,वडा नम्बर ४ का वडा अध्यक्ष अशाेक शाेप,वडा सदस्य हरु, घरेलु तथा साना उद्योग कार्यालय राजपुरका कर्मचारी हरु उद्योग बाणिज्य संघका अध्यक्ष माेहाेन कलेल लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया