Advertisement
SKIP THIS
अछामका ४ क्याम्पस स्ववियु निर्वाचन स्थगन

निराकरण खबर अछाम:अछामका ४ क्याम्पस स्ववियु निर्वाचन स्थगन भएका छन।बिभिन्न बिधार्थी संगठनले आफ्ना माग पूरा नभएको भन्दै तालाबन्दी गर्दा अछाम बहुमुखी क्याम्पस मंगलसेन, जनता बहुमुखी क्याम्पस बयालपाटा, पञ्चदेवल बहुमुखि क्याम्पस बिनायक र कैलाश बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएका छन।

क्याम्पसहरुमा बिधार्थी भर्ना बिषयमा बिवादहुदाँ तालाबन्दीको अवस्था सिर्जना भएको छ। क्याम्पस तालाबन्दी हुदाँ पठनपाठनमा प्रभावित भएको छ।

अछाम बहुमुखी र जनता बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेबिसंघ, एमाले निकट अनेरास्ववियु ,समाजवादी निकट अनेरास्ववियु माओवादी निकट अखिल क्रान्तिकारीले आ आफ्ना ताला लगाएका छन।

निर्वाचन कार्यालय र क्याम्पस प्रशासन तालाबन्दी हुदाँ निर्वाचन तालिका प्रभावित भएको भन्दै निर्वाचन समितिहरुले अनिश्चितकालका लागि स्ववियु निर्वाचन स्थगित गरेका छन। अछाम बहुमुखी क्याम्पस भने स्ववियु निर्वाचन स्ववियु निर्वाचन स्थगित गरिनुका साथै निर्वाचन समितिले राजिनामा दिएका छन।

तपाईको प्रतिक्रिया