Advertisement
SKIP THIS
डोटीमा जिप र मोटरसाईकल आपसमा ठोक्किए

डाेटी:डोटीमा जिप र मोटरसाईकल एक आपसमा ठोकीदा ६ जना घाईते भएका छन् ।

सिलगढी बाट दिपायल जादै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स कम्पनीकाे बन्द बडी जिप र बिपरीत दिशाबाट आईरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल सिलगढी स्थित जिल्ला अदालत मोड अघाडी एक आपसमा ठोकीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक देबेन्द्र राज जोशीले बताएका छन् ।

दुर्घटना परि घाईते हुनेमा दिपायल सिलगढी नगरपािलका वडा नम्बर ६ का मोटरसाईकल चालक स्वास्थ्य क्रमि वर्ष ३२ का बिष्णु बोहरा र वडा नम्बर ७ की बर्ष २९ की टंक कुमारी उपाध्याय,रहेका छन् भने तेसैगरी सोही वडाकी वर्ष ६५ की धौली देबी बीस्ट, बर्ष २४ की दुर्गा देबी बिष्ट,डेण बर्षको सिर्जन बिस्ट रहेका छन भने बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरका वर्ष ४९ का जर्ण बम रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ ।

तपाईको प्रतिक्रिया