Advertisement
SKIP THIS
बाजुराको स्वामिकार्तिकमा नुन डिपो सञ्चालन: नुनकै लागि १ हजार रुपैया तिनुपर्ने अवस्थाको अन्त्य

बाजुरा:बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको सुइजिउलामा नुन बिक्री केन्द स्थापना संचालन गरिएको छ। सोमबार गाँउपालिका अध्यक्ष भरत रोकायाले नुन बिक्री केन्द्रको उद्घाटन गरेका छन ।

स्वामिकार्तिक खापर गाउँपालिकाले नेपाल साल्ट ट्रेडिङको नुन डिपो कोल्टी बाट १ लाख २० हजार रुपैयाको आयोडिन युक्त १ सय क्वीन्टल नुन खरिद गरेर स्वामिकार्तिक खापर गाउँपालिकामा नुन बिक्री केन्द्र स्थापना गरेको हो।नुन डिपो सञ्चालनमा आएपछि स्वामिकार्तिक खापर गाउँपालिकाका ५ वटै वडाका स्थानियहरुले नुन निनकै लागि १ हजार रुपैया तिरेर बुढिनन्दा नगरपालिकाको कोल्टी बजारबाट जानुपर्ने अवस्था अन्त्य भएको गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए ।

सञ्चालनमा आएको दिननमै गाउँपालिकाको नुन बिक्रि केन्द्र बाट १ सय जना स्थानियले ६ सय ४१ किलो नुन प्रति प्याकेट १२ रुपैयाका दरले किनेर लिएका छन। आफ्नै गाउँपालिकामा नुन बिक्री केन्द्र स्थापना हुँदा स्वामिकार्तिक खापर गाउँपालिका स्थानिय बासिन्दाहरु खुसी भएका छन।

डिपो उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत अमर रोकायात र वडा नम्बर ४ का वडाका अध्यक्ष सिहँ धामी वडा नम्बर १ का वडा अध्यक्ष अजय बिक लगायत वडा सदस्य नन्दलाल धामी गाउँपालिका कर्मचारीहरु र स्थानियहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया