निराकरण खवर अछाम:अछाममा लागु औषध खैरो हेरोईन सहित १ महिला प्रकाउ परेकी छन।
आईतवार दिउँसो जिल्ला सदरमुकाम मंगलसेन बजारमा लागु औषध (खैरो हेरोईन) को कारोबार भैईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा अन्दाजी २८ बर्षकी महिलालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
आइतबार दिउँसो प्रकाउ परेकी उनलाई सोमबार राति मात्रै सामाजिक सञ्चालन मार्फत प्रकाउ परेको जानकारी गराएको हो।
प्रकाउ परेकी महिलाको साथबाट लागि चेकजाँच गर्दा हातमा समातेको रातो रङको सानो चेन भएको झोला भित्र कालो रङको प्लाष्टिकमा बेरेर राखेको ८१० मिलिग्राम खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ।उनिबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।