Advertisement
SKIP THIS
रातारात फर्जी बिधार्थी भर्ना गर्दै गरेको अवस्थामा क्याम्पस प्रमुख र अनेरास्ववियुका नेता नियन्त्रणमा

निराकरण खबर अछाम:स्ववियु निर्वाचनका लागि रातारात भर्ना गर्दै गरेको अवस्थामा अछामको जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णराज जैशी,अनेरास्ववियु अछामका अध्यक्ष नरेन्द्र खड्का कर्मचारी सुनिल कुँवरलाई बिभिन्न बिधार्थी संगठनले नियन्त्रणमा लिएरका छन।

नेबिसंघ अछामका सभापति उमेश कुँवर,एकीकृत समाजवादी निकट बिधार्थी संगठन अनेरास्ववियु अछामका ईन्चार्ज टेक बटाला भिजन,माओवादी निकट बिधार्थि संगठन अखिल क्रान्तिकारी जिल्ला सचिव राकेश साउँद लगायतको टोलिले उनिहरुलाई रातारात भर्ना गर्दै गरेको अवस्था नियन्त्रण लिई क्याम्पसको कार्यालय ताला लगाएको हो।

क्याम्पस प्रमुख कृष्णराज जैशीले एमाले निकट बिधार्थी संगठन अनेरास्ववियुका अछाम अध्यक्ष नरेन्द्र खड्कालाई राखेर फर्जी बिधार्थी भर्ना गरिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको नेबिसंघ अछामका अध्यक्ष उमेश कुँवरले बताए ।

यता क्याम्पस प्रमुखले भने ४ बजे भित्र सबै कागजात पुगेका बिधार्थि भर्ना गर्ने सहमति अनुसार भर्ना गरिएको बताए । सबै संगठनलाई पालो दिदा अनेरास्ववियुलाई समेत त्यसै अनुसार दिईएको बताए ।

तपाईको प्रतिक्रिया