Advertisement
SKIP THIS
नेपाल कम्युनिष्ट पार्टीले गर्यो अछाममा बैंक तथा बित्तिय संस्थालाई कारोबार गर्न प्रतिबन्ध

निराकरण खबर अछाम:नेपाल कम्युनिष्ट पार्टीले गर्यो अछाममा बैंक तथा बित्तिय संस्थालाई कारोबार गर्न प्रतिबन्ध गरेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी अछाम ईन्चार्ज मिना सि र सेक्रेटरी निरक सि ले हस्ताक्षर एक पत्रमा उल्लेख भनिएको छ।

बैंक तथा बित्तीय संस्थाको चर्को ब्याजदर नियन्त्रण गर्न, ऋण तिर्ने भाखालाई सहज गर्न, चर्को दबाब नदिन, बस्तुभाउ कब्जा नगर्न बैंक तथा बित्तिय संस्थालाई भनेको र नितिगत सम्बोधन गरी जनताको कठिनाईलाई सरल बनाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित संघ संस्थाहरुलाई समेत आह्वान गरेको छ।

आजका दिन सम्म पनि कुनैकुनै पक्षले कार्यान्वयन नगरेको हूदा पूर्वि अछाम जिल्लामा बैङ्क तथा लघुवित्त संस्थाहरुको वित्तिय कारोबार ( खास गरी किस्ता तथा ब्याज असुली) लाई पूर्ण रुपमा प्रतिबन्ध गरिएको र असुलि गरे यसबाट उत्पन्न हुने कुनै पनि परिणामको जिम्मेवार सम्बन्धित संस्था नै हुने बताएको छ।अछाममा १ दर्जन भन्दा बढी बैंक तथा बित्तिय संस्थाले बित्तिय कारोबार गरिरहेका छन।

तपाईको प्रतिक्रिया