Advertisement
SKIP THIS
भारतबाट अछामसम्म कसरी पुग्छ ? प्रतिबन्धित मिठा सुपारी आन्टि र सुतिजन्य पदार्थ सुपर पावर

निराकरण खबर अछाम:भन्सार छलि सामाग्री कसरी नेपाल आउछ भन्ने उदाहरण अछामका बजारमा पुगेको भारतीय मिठा सुपारी आन्टि र सुतिजन्य पदार्थ सुपर पावरले बताउँछ । भारतमा उत्पादित यी नेपालमा पुर्ण प्रतिबन्धित भएपनि सुदूरपश्चिम सहित अछामका बजारमा सहजै पाईने गरेका छन।

अछामका ठुला ब्यापारीले सेटिङमा कैलालीको धनगढी देखि डडेल्धुरा डोटी हुदै अछामसम्म सहजै पुर्याउ छन। यी तीन जिल्लाका कयौं प्रहरी चेकपोस्ट पार गर्दा समेत सुरक्षा निकायले सुईको नै नपाएको झै गर्ने गरेका छन। ठुला ब्यापारीले यी प्रतिबन्धित बस्तु अछामका साना बजार र गाउँ घरमा बिक्री गर्ने गरेका छन। गाउँ घरका साना ब्यापारीहरुलाई भारतीय मिठा सुपारी आन्टि र सुतिजन्य पदार्थ सुपुर पावर गैरकानुनी भएको जानकारी समेत छैन ।

राज्यले बन्देज गरेका बस्तु बजार सहजै पाउदा राज्यले पाउनुपर्ने राजस्व समेत गुईरहेको छ अर्कोतिर प्रतिबन्धित बस्तु बजारमा सहजै पाईने गरेको छ। यसतर्फ न आन्तरिक राजश्व कार्यालयको ध्यान गएको छ , नत प्रहरी प्रशासनको ।

तपाईको प्रतिक्रिया