Advertisement
SKIP THIS
स्वयंम सेवानै मानवियताको धर्महाे उप-प्रमुख साउद

निराकरण खबर डाेटी:दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख कलावती महर साउदले स्वयंम सेवानै मानवियताको धर्महाे वताउनु भएको छ।

सुदुरपश्चिम प्रदेश स्वास्थ्य कार्यालय डाेटीकाे आयाेजनामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका हरुका लागि १० दिने आधारभुत तालिमकाे उद्घाटन गर्दै उक्त कुरा वताउनु भएको हाे ।

स्वास्थ्य संस्था पुग्नु भन्दा पहिला स्थानिय व्याक्तिको ध्यान सामान्य उपचारकाे लागि महिला स्वयंम सेविका तर्फ जाने भएकाले स्वयंम सेविका ज्यु हरुले निस्वार्थ भावनाले लामाे समय देखि याे कार्य गर्दै आउनुभएकोमा हार्दिक धन्यवाद दिंदै नयाँ थपिनु भयका स्वयंम सेविका लाइ याे माहान कार्यमा हाेमिनु भयकाेमा वधाइ दिनुभएकाे थियो ।

उहाँले थप्नुभयो म आफै महिलाको प्रतिनिधित्व गर्दै स्थानीय सरकारमा आयकाे हुँदा हाम्रो पालिका भित्रका महिला स्वास्थ्य स्वयंम सेविका हरुलाइ अझै हाैसला र याे सेवामा प्राेत्साहित गर्नका लागि नयाँ आर्थिक वर्षकाे वजेटमा सम्मानित कार्यक्रम ल्याइ काम गर्ने समेत प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।

महिला स्वास्थ्य स्वयंम सेविका हरुले ८३/८४ काम हरुकाे सेव दिनुपर्ने भएकाले समय र परिवेश अनुसार नयाँ विषय वस्तुहरुमा महिला स्वास्थ्य स्वयंम सेविकाहरूको क्षमता बिकास गराइ,स्वयमसेवा मार्फत स्वास्थ्य क्षेत्रमा कार्य गर्ने भावना लाइ जागृत र प्रभावकारी ढंगले कामगर्न सकने उहाँहरूको सीप तथा क्षमता विकास गर्ने उद्देश्यले संचालित १० दिने तालिममा पालिका भित्रका नयाँ र पुराना महिला स्वयंम सेविका गरि १५ जना सहभागी गराइ तालिम संचालन गरेको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाका सिनियर अधिकृत गणेश भण्डारीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया