Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा अन्तर्राष्ट्रिय नारी दिवस

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकामा १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको छ।

लैङ्गिक समानताको बलियो आधार,सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार भन्ने मुल नाराका साथ गाउँपालिका महिला तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग महिला संजालको आयोजना कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले संविधानले नै महिलाका लागि ग्यारेन्टी गरेको बताए । हाल देेशका प्रमुख पदमा महिला प्रतिनिधित्व भएको बताउदै उनले महिला सहभागी बताए । कार्यक्रममा बिशिस्ट अथितिको आसनबाट बोल्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साँउदले आफू महिलाको हक अधिकारको लागि पछाडि नहट्ने र कार्यक्रमहरु समेत महिला मुखि बनाउने बताए ।

यस्तै बिशिस्ट अथितिको आसनबाट बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दू रावलले आफुले महिलाका पिडा राम्रोसँग बुझेको बताउदै महिलाहरुको लागि पछि नहट्ने बताए ।महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गर्ने लागि परेको उपाध्यक्ष रावलले बताईन।

कार्यक्रम वडा नं १ देखि ६ वडा सम्मका महिलाहरुले देउडा मार्फत पिडा पोखेका थिए ।

तपाईको प्रतिक्रिया