Advertisement
SKIP THIS
अछाममा सञ्चालित सवारीको भाडामा मनपरि, नियमक निकाय तै चुप मै चुप

निराकरण खबर अछाम:अछाम जिल्लाका ग्रामीण सडक देखि कालोपत्रे सडकखण्डमा निर्धारीत भाडा लागु नहुँदा यात्रुहरु मर्कामा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय अछामले नयाँ भाडादर निर्धारण गरे पनि कार्यान्वयन नहुदा यात्रुहरु मर्कामा परेका हुन् । जिल्ला प्रशासन कार्यालय अछामले कच्ची सडक देखि पक्की सडकखण्डको फरकफरक भाडादर निर्धारण गरे पनि बस, जिप र अटो लगायतका व्यवसायीले मनोमानि भाडा असुल गर्ने गरिरहेको यात्रुको गुनासो छ ।

जिल्ला सदरमुकाम मंगलसेन तथा अन्य विभिन्न व्यापारिक केन्द्रदेखि बजार तथा ग्रामीण क्षेत्रमा चल्ने सडकमा फरकफरक भाडादर कायम गरिएको छ । तर व्यवसायीले मनलाग्दी भाडा असुल्ने गरेका यहाँका नागरिकहरूको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय अछामले पक्की सडकमा प्रतिकिलोमिटर ७ दशमलव ५ रूपैया, यस्तै ग्राभेल सडकमा प्रतिकिलोमिटर ९ रूपैया र कच्ची सडकमा प्रतिकिलोमिटर १२ रूपैयाँ लिन पाउने गरी भाडादर निर्धारण गरे पनि लागु नहुदा यात्रु ठगिने गरेको नागरिकले दुखेसो गर्ने गरेका छन् । चालक व्यावसायिहरुले तोकिएको भन्दा दोब्बर देखि देब्बर सम्म भाडा असुल्ने गरिरहेका छन् ।

ठुलासेनदेखि मंगलसेन सम्म पक्की सडक करिब ७ किलोमिटर सडकमा १ सय ५० रुपैँयासम्म भाडा लिने गरिएको छ । नयाँ भाडादर अनुसार उक्त खण्डको भाडा करिब ५३ रुपैँया हुन्छ । यसबाटबाट यात्रु ठगिन बाध्य भएका छन् ।

यस बिषयमा जिल्ला प्रशासन, ट्राफिक कार्यालय लगायतका निकायहरुले अनुगमन लगायतको कार्यमा चासो नदिएको नागरिककको गुनासो छ ।

तपाईको प्रतिक्रिया