Advertisement
SKIP THIS
दोस्रो देबेन्द्र खड्का स्मृति खुल्ला पुरुष क्रिकेट प्रतियोगिता उद्घाटन

निराकरण खबर डोटी:दोस्रो देबेन्द्र खड्का स्मृति खुल्ला पुरुष क्रिकेट खेल प्रतियोगिताकाे उद्घाटन गरिएको छ।दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का ‘बिजय’ले क्रिकेट खेल उद्घाटन गरे।स्वर्गीय देवेन्द्र खड्काको सम्झनामा देवकोटा युवा क्लब डोटीले प्रत्येक वर्ष खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

स्वर्गीय खड्का निर्माण व्यवसायी संघडोटीका पुर्व माहासचिव तथा नेत्र निर्माण सेवाका प्रो प्राइटर समेत रहेका थिए। उनको कोरोना माहामारीका करण ज्यान गुमाएका थिए ।खड्काको सम्झनामा देवकोटा युवा क्लबले प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको देवकोटा युवा क्लब डोटीका पुर्व अध्यक्ष राज ब खड्काले बताए ।

कार्यक्रमकाे उद्घाटन गर्दै कार्यक्रका प्रमुख अतिथी समेत रहनुभएका नगर प्रमुख खड्काले समाज सचेतिकरणमा लागेका ससंक्त युवा सालिन व्याक्ती देवेन्द्र खड्काको देहावसानले डोटी जिल्लाले नै ठुलो क्षेति व्यहोर्नु परेको छ,उहाँको सम्झनामा उहाँलाइ अम्मर राख्न देवकोटा युवा क्लबले क्रिकेट प्रतियोगिता सञ्चालन गरेकोमा कल्वलाइ धन्यवाद ग्यापन ग्रदै खड्काकाे दिवङ्गत आत्माको चिर शान्तिको कामना समेत व्याक्त गर्नु भएको थियो ।

क्रिकेट प्रतियोगिता १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ,१२ ओभरमा खेलाइने क्रिकेट प्रतियोगिता मा १० वटा टिमको सहभागिता रहेको छ । आज आयोजक टिम देवकोटा युवा क्लब र सेति प्रदेसिक शिक्षालय बिच खेल भयकाे थियाे भने खेलमा आयाेजक टिमले बिजय हासिल गरेकाे छ ।

खेलमा प्रथम पुरस्कार १ लाख १ हजार १ एक सय ११ दिर्तिय पुरस्कार ५० हजार ५ सय ५५ सहित ट्राफि,मेडल,कप सहित प्रमाण पत्रको व्यवस्था र खेलमा अनुसाशीत टिमलाइ पुरस्कारको व्यवस्थासमेत गरेको आयोजक टिमले जानकारी दिएको छ ।

दोस्रो देबेन्द्र खड्का स्मृति खुल्ला पुरुष क्रिकेट प्रतियोगिताकाे मुख्य प्रायाेजकमा दिपायल सिलगढी नगरपालिकाकाे कार्यालय सिलगढी डाेटी ,वडानम्वर ६ काे कार्यालय सिलगढी डाेटी,पुर्विचाैकी गाउँ पालिका काे कार्यलय सानागाउँ डाेट,लगायत १८ ओटा सहयोगि हातहरुले हालेमालाे गरि खेललाइ सहयोग गरेकाे कार्यक्रमका सभाध्यक्ष तथा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नरेश मलासिले जानकारी दिए।

उद्घाटन कार्यक्रमकाे सभाअध्यक्ष देवकाेटा युवा कल्वका सदस्य तथा दिपायल सिलगढी नगरपालिका वडानम्वर ६ का वडा अध्यक्ष नरेश मलासि रहनुभएको थियो भने प्रमुख अतिथीमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का ‘बिजय’ बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरि नायव उपरीक्षक राजेन्द्र प्रसाद धमला,ससस्त्र प्रहरी उपरिक्षक राजु गाैतम,भैरव प्रसाद गणका क्यापटेन महेश ग्वालि,रहनु भएकाे थियो भने अतिथिमा क्याम्पस प्रमुख दिलान्नद जाेशी जिल्ला अस्पताल डाेटीका अध्यक्ष धन बहादुर नेपाली,पत्रकार, समाजसेवी, खेल प्रेमी लगायतकाे उपस्थिति रहेको उद्घाटन कार्यक्रमकाे संचालन दिपायल सिलगढी नगरपालिकाका प्रेस सल्लाहकार तथा सामुदायिक रेडियो शैलेस्वरी एफ एम १०५.९ मेगाहर्ज सिलगढी डाेटीका स्टेशन म्यानेजर बिक्रम बहादुर खड्काले गरेका थिए।

तपाईको प्रतिक्रिया