Advertisement
SKIP THIS
नेबिसंघ अछाममा रडाको:स्ववियुका लागि छुट्टाछुटै संगठन दर्ता

निराकरण खबर अछाम: नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघ अछाममा रडाको मच्चिएको छ। नेबिसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संस्थापन पक्षका खेमराज खड्कालाई जिल्ला अध्यक्षमा मनोनीत गरेपछि चिढिएको ईतर पक्षले उमेश कुँवरलाई जिल्ला अध्यक्ष बनाई १ सय ५० बढी सदस्यीय समिति बनाएको छ।

इतर पक्षले नेपाली कांग्रस अछामका सभापति पुष्प शाहले कुनै छलफल नै नगरी एकल सिफारिस गरेको आरोप लगाउदै आएको छ। शाहले नेबिसंघ अछामका निवर्तमान सचिव बम स्वारलाई जिल्ला अध्यक्ष बनाउन चाहेका तर स्वारको उमेर हद लागेका कारण आफुलाई जिल्ला सभापति बनाउन सहयोग गरेको गुन तिर्न खड्कालाई नेबिसंघको जिल्ला सभापति बनाएको इतर पक्षको आरोप छ।

यता गगन थापा निकट निवर्तमान नेबिसंघ अछामका सभापति नृप साउदले छलफल नै नगरि आफू निकट उमेश कुँवरलाई कार्यवाहक सभापति ताकेको भन्दै बिरोध गरेको थियो ।

कुँवरलाई कार्यवाहक सभापति तोकेपछि रन्थनिएको स्थापन पक्ष खेमराज खड्कालाई सभापति पाएपछि केही शान्त देखिएको जिल्ला आफुहरु हाबि भएको महसुस गरेको छ।

स्ववियुका लागि नेबिसंघका २ समुह दर्ता

५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले अछामका  क्याम्पस हरुमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् ।अध्यक्ष उमेश कुवरको नेतृत्वको समुह र खेमराज खड्काको समुहले छुट्टाछुट्टै संगठन दर्ता गराएका हुन् ।

५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेविसंघका दुईवटा समूहले क्याम्पसमा छुट्टाछुट्टैरुपमा संगठन दर्ता गराएपछि नेबिसंघ अछामको बिवाद सतहमा पुगेको छ।



जिल्लामा यस्तो अवस्था आउनुमा माउ पार्टीको जिल्ला समिति नै मुख्य दोषि रहेको कतिपय नेपाली कांग्रेसका नेता कार्यकर्ताको ठम्याइ छ। जिल्लाको पार्टी नेतृत्वले विवादलाई चाण्डै निमिट्यान नपारे गम्भीर दुर्घटना हुने उनिहरुको बुझाई छ।

तपाईको प्रतिक्रिया