Advertisement
SKIP THIS
प्रादेशिक क्षेत्राधिकार भएका संघिय कार्यालयहरुलाई सहयोग गर्नु स्थानीय तहकाे साझा दायित्व :नगर प्रमुख खड्का

डाेटी: प्रादेशिक क्षेत्राधिकार भयका संघिय कार्यालयहरुलाई सहयोग गर्नु स्थानीयतह हरु काे साझा दाइत्व रहने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ले वताउनु भएको छ।

दिपायलकाे राजपुरमा अवस्थित उच्च अदालत राजपुर डाेटी लाइ दैनिक कामकाजमा सहजता हाेस र कार्यलयमा नियमित काम गर्ने कर्मचारीकाे मनाेवल उच्च रहाेस भन्ने उद्देश्यले सहयोग स्वरुप ३ थान कम्प्युटर र १ थान प्रिन्टर प्रदान गर्दै नगर प्रमुख खड्काले यस्तो वतायका हुन ।
नगरप्रमुख खड्काले थप्नुभयाे जिल्लाकाे केन्द्रमा रहेकाे नगरपालिका भएकाले पनि आवस्यक पर्ने र आफ्नाे पालिकाले सक्दो सहयोग गर्नमा कहिले पनि पछी नपर्ने समेत वताउनु भएको थियो ।

शुक्रबार नगरपालिका नगर प्रमुख बाजि सिंह खड्का बिजय ले उच्व अदालतका साखा प्रमुख नर बहादुर नेगी र इजलास अधिकृत वसन्त पाध्याय काे उपस्थिति मा निमित्त रजिस्ट्रार सिता रेग्मी लाइ दिपायल सिलगढी नगरपालिकाको कार्यालय परिसभित्र उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सहयोग सामग्री बुझ्दै निमित्त रजिष्ट्रार रेग्मीले याे सहयोग सामाग्रीकाे लागि नगर प्रमुख खड्का लाइ धन्यबाद ज्ञापन गर्दै सहकार्य र सद्भावनाको पाटाे अझै वलियाे रहने र आफ्नो कार्यलयकाे तर्फबाट हुनसक्ने सहयोग निरन्तर रुपमा रहने रेग्मीले बताउनुभयो ।

कार्यक्रममा उपस्थित रहनुभएका इजालस अधिकृत बसन्त पाध्यायले उच्व अदालत राजपुर डाेटी जिल्लाकै सवैभन्दा अग्रणी स्थानमा आउने कार्यलय भयकाे हुदा यस्लाई न्यायिक राजधानीकाे रुपमा बिकाश गर्न सम्पुर्णमा आग्रह समेत गर्नुभएकाे थियो ।

तपाईको प्रतिक्रिया