निराकरण खबर अछाम:नेकपा (एकीकृत) समाजवादी निकट भातृसंगठन अनेरास्ववियूको संगठन बिस्तार गर्ने क्रममा पञ्चदेवल क्याम्पस बिनायक क्याम्पस कमिटी गठन गरिएको छ । पार्वती धामीको अध्यक्षमा ९ सदस्यीय समिति गठन गरिएको छ।
अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य तथा अनेरास्ववियू सुदूरपश्चिम प्रदेश कमिटी सहसचिव शंकर बिष्टको प्रमुख आथित्यमा समिति गठन गरिएको हो।यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादी पञ्चदेवल बिनायक नगर कमिटी अध्यक्ष ललित शाहीको पनि उपस्थित थियो।
यता कमलबजार क्याम्पस पनि कृष्ण बिष्टको अध्यक्षतामा ११ सदस्य अनेरास्ववियू क्याम्पस कमिटी गठन गरिएको
छ। नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सचिवालय सदस्य तथा कमलबजार नगर कमिटी इन्चार्ज प्रेम बिष्टको उपस्थित समिति गठन गरिएको हो।
अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम उपसचिव शंकर बिष्टले शैक्षिक संस्था हुने राजनैतिक करणले गर्दा शैक्षिक गुणस्तरमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेको बताए ।उनले यसका लागि सम्पूर्ण नेपाली बिद्यार्थीहरु सशक्त ऐक्यवद्धता भएर लाग्नुपर्ने बताए ।