Advertisement
SKIP THIS
सहकार्य नै सहकारी हाे, नगर प्रमुख खड्का

निराकरण खबर डाेटी: दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का’विजय’ ले सहकार्य नै सहकारी भएको बताएका छन।

दिपायल सिलगढी नगरपालिका डाेटीकाे आयाेजनामा नगरपालिका भित्रका सहकारी समावेश हुने गरी सहकारी आधारभूत तथा(COPOMIS)गरिवि निवारण सुचना प्रणाली सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रमकाे उद्घाटन गर्दै नगर प्रमुख खड्काले समाज समय अनुसार परापुर्वकाल देखिनै सहकार्य गर्दै आएकाे थियाे र अहिलेको समय अनुसार परिवर्तित रुपमा सहकारी भएकाे बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख खड्काले आर्थिक रुपमा समाज जुरुक्कै उठाउन सहकारीहरुले अर्थपुर्ण भुमिका खेल्नेमा आफु बिस्वस्थ रहेकाे बताएका छन्।

इमानदारीता ले पहिचान झल्काउँछ सहकारीमा बिषेश गरि महिला दिदी बहिनी हरुले आफ्नो परिश्रम गरेर कमाएकाे केहि अंश जम्मा गरेर सबै मिलि सहकारी संस्था हरु चलायका हुन्छन् , यसमा काम गर्ने व्याक्तीत्व हरुले पनि इमान्दार भयर काम गर्न निर्देशन दिदै पालिकाले सहकारीकाे माध्यमबाट समुदाय लाइ आर्थिक क्रियाकलापमा टेवा पुर्याउने कामकाे लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत गरे।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनुभएका नगर उप-प्रमुख कलावती महर साउ ले कार्यक्रममा बाेल्दै न्युन आय स्रोत भयका दाजुभाई तथा महिला दिदीबहिनीहरु लाइ आर्थिक भार कम गर्न सहकारी हरु माध्यम बनेकाे धारणा व्यक्त गर्नु भयकाे थियो।

उहाँले थप्नुभयो म आफैं स्वयंम महिला दिदीबहिनीहरु काे प्रतिनिधित्व गर्दै नगर उप-प्रमुख भयका हैसियतले अबकाे कार्य याेजनामा समुदायको माग अनुसार समाज लाई सहकारीकाे माध्यमबाट पनि जिविकोपार्जन लाइ प्राथमिकता दियर अगाडी बढ्ने जनाउनु भएको थियो।

नगर पालिका भित्रका सहकारी संस्थालाइ बैधानिक्ता दियर पूर्ण रुपमा सक्रिय गराइ, काम कर्तव्यमा निपुर्ण गराई नियमित कामकाज गराउने उद्देश्यले संचालित कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ सभाध्यक्षता नगरपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत शंकर सुचिकार , बिशिष्ट अतिथि नगर उपप्रमुख कलावती महर साउद ,वडा अध्यक्ष, सहकारीका प्रमुख प्रतिधिनि, व्यावस्थापक लगायतकाे उपस्थिति रहेकाे थियो।

नगरपालिका भित्र २६ वटा सहकारी संस्था दर्ता रहेका र १२ बटा मात्रै नियमित सक्रिय रुपमा संचालनमा रहेकाे हुँदा अवकाे दिनमा सवै सहकारी संस्था लाइ सहकारी तथा गरिवि निबारण सुचना प्रणाली अपनाइ सक्रिय गराउने उद्देश्यले याे अभिमुखिकरण कार्यक्रम आयाेजना गरेकाे दिपायल सिलगढी नगरपालिकाको सहकारी संस्थाहरु हेर्ने गरि कामकाज ग्रदै आउनु भयका नायव सुब्बा डिल बहादुर महराले जानकारी दिए। ।२ दिने अभिमुखिकरण कार्यक्रमकाे सहजिकरण कृष्ण राज जोशी, भोज कठायत रमेश चन्द्र जाेशिले गरेका हुन।

तपाईको प्रतिक्रिया