Advertisement
SKIP THIS
समाजसेवी देवकोटाद्वारा बिधालयमा १ लाखको अक्षयकोष स्थापना

अछाम:ढकारी गाउँपालिका ८ को त्रिपुरासुन्दरी माध्यमिक बिधालयमा अक्षयकोष स्थापना गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर ८ निवासी समाजसेवी कृष्ण प्रसाद देवकोटाले त्रिपुरासुन्दरी माध्यमिक बिधालयमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृति एवं स्वर्गीय हजुरबुबा धनपति देवकोटा र स्वर्गीय हजुरआमा दिपा देबि देवकोटा लगायत सम्पुर्ण देवकोटा परिवारका पितृहरुको मुक्तिका लागि रु १ लाखको देवकोटा  अक्षयकोष स्थापना गरेका हुन। 

अक्षयकोष स्थापना कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले  पछिल्लो समय समाजमा विभिन्न शुभकार्यमा  फजुलखर्च गर्ने बानीको विकास भइरहेकोले त्यसलाइ अन्त्य गर्न यो कार्यबाट सकारात्मक सन्देश प्रवाह हुने बताए ।शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा देवकोटालाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढन आग्रह गरे।

कार्यक्रममा नेपालि काँग्रेसका महासमिती सदस्य बल बहादुर कुवर,पदम राज अधिकारी , ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउद अक्षयकोष दाता देवकोटाका बुवा भुमिनन्द देवकाेटा विशिष्ट अतिथि रहेका थिए ।
आगामी दिनमा सो कोषलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै अक्षयकोष दाता देवकोटाले भने`उक्त अक्षयकोषको रकमबाट  त्रिपुरासुन्दरी माध्यमिक बिधालयमा अध्ययनरत गरिब ,जेहेन्दार ,अभिभावकबिहीन विद्यार्थीका लागि खर्च गरिनेछ ।रकम सानो भएपनि यसको महत्व ठुलो रहेकोले शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने बताए ।

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाहि ,वडा नम्बर ८ का वडा अध्यक्ष उद्धवराज उपाध्ययाय, पुर्व वडा अध्यक्ष लाल बहादुर भण्डारी , नेपाली काङ्ग्रेसका युवा नेता कमल भण्डारी, माओवादि केन्द्रका नेता हंशराज उपाध्याय ,नेकपा ऐमालेका नेता मिन बहादुर भुल , एकीकृत समाजबादि का नेता भुपेन्द्र बुढा लगायत स्थानिय समाजसेवी बुद्धिजीवी हरुको उपस्तिथि रहेको थियोे ।

तपाईको प्रतिक्रिया