Advertisement
SKIP THIS
कृर्षि क्षेत्रलाई सबैले प्राथमीकता दिनुपर्छ,नगर प्रमुख खड्का

डोटी :दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का(बिजय) ले कृर्षि क्षेत्रलाई सबैले प्राथमीकता दिनुपर्ने बताएका छन् ।

कृर्षि पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले मंगलबार डोटीमा आयोजना गरेको जिल्ला भेला तथा शाखा बिस्तार कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अथिती समेत रहेका नगर प्रमुख खड्काले सर्बसाधारण आम नागरिकको मुख्य आयश्रोत र जिबिका धारणको मुख्य पेशा भनेको नै कृर्षि रहेकोले आम नागरिक सबैले कृर्षि कार्यलाई प्राथमीकताका साथ लिनुपर्ने बताए । उनले भने कृर्षि पेशा सबैको लागि उतीकै महत्वपूर्ण छ, कृर्षिबाट उत्पादीत चिज बस्तुबिना हामी कोहीपनी बाच्न सक्दैनौ त्यसैले हरेक नागरिकले कृर्षिलाई प्राथमीकता दिनुपर्ने बताए । नगरपालिकाले आगामी दिनमा कृर्षिमा सबै भन्दा बढी बजेटको ब्यवस्थापन गर्ने समेत नगर प्रमुख खड्काले बताए ।

कृषकहरुले कृर्षि तथा पशुपालनको कार्यलाई ब्यवसायीक रुपमा गर्न आवश्यक रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डोटीका प्रमुख खड्क बहादुर शाहले बताए । कार्यक्रममा बोल्दै उनले भने सुदुरपश्चिम त्यसमा डोटी कृर्षि तथा पशुपालनको लागि राम्रो सम्भावनायुक्त ठाउँ छ त्यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
डोटी जिल्ला कृर्षि उत्पादीत चिज बस्तुहरुको लागि अती उपयुक्त ठाउँ रहेको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने जिल्लाको भुगोल अनुसार अन्नबाली, फलफुल, माछा पालन, पशुपालन हरेक किसीमले उपयुक्त छ त्यसैले कृर्षि क्षेत्रको प्रवद्र्धन गर्न सञ्चार माध्ययमको पनि भूमिका आवश्यक हुने भएकोले सहयोग गर्नुपर्ने बताए ।
कृर्षि क्षेत्रमा रहेका राम्रा कार्यहरुको उजागर गर्न संचार माध्यमको महत्वपूर्ण भूमिका रहने नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए ।

कार्यक्रमका विशिष्ठ अथिती समेत रहेका शाहीले कृषकहरुले गरेका राम्रा अभ्यास र कार्यहरुको उजागर र कृर्षि क्षेत्र भित्र रहेको कमीकमजोरीहरुलाई औल्याई सुधारमा समेत संचार माध्यमले महत्वपूर्ण भूमिका निबार्ह गर्नुपर्ने बताए । कृषि पत्रकार महासंघ जिल्ला शाखालाई पत्रकार महासंघ डोटी शाखाले पूर्ण सहयोग गर्ने समेत अध्यक्ष शाहीले बताए ।

कृर्षि पत्रकार महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष हिमेश बिकको अध्यक्षतामा भएको भेलाको उद्घाटन सत्रमा कृर्षि पत्रकार महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समितिका पदाधीकारीहरु, डोटी जिल्ला स्थित सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, नागरिक समाज, पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया