Advertisement
SKIP THIS
बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध अछामका व्यवसायी आन्दोलनमा

निराकरण खबर अछाम:बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध अछामका व्यवसायीले समेत आन्दोलन गरेका छन।

अछाम उधोग बाणिज्य संघको नेतृत्वमा ब्यापारीहरु जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा मंगलबार बिहानै शान्तिपूर्ण आन्दोलन गरेका हुन।

उनिहरु नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको सहकार्यमा आन्दोलनमा रहेका छन।सरकारले व्यवसायीलाई सडक आन्दोलन गर्न बाध्य बनाएको ब्यापारीले बताए ।

व्यवसायीहरूले हिजो सोमवारबाट शुक्रवारसम्म दैनिक ११ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने कार्यक्रम रहेको छ। फागुन १८ गते भने व्यवसायीहरूले बैंकहरूमा पैसा जम्मा नगर्ने भएका छन्।

तपाईको प्रतिक्रिया