Advertisement
SKIP THIS
बालश्रम मुक्त जस्तो पवित्र अभियानमा असहयाेग गर्नेलाई दण्डित गर्छौ, नगर प्रमुख खड्का

निराकरण खबर डाेटी:बाल श्रम मुक्त जस्तो पवित्र कार्यमा सहयोग गर्ने लाइ सम्मानित र असहयाेग गर्ने लाइ दण्डित गर्ने दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्का’विजय’ ले वताउनुभएको छ।

वालश्रम मुक्त नगरपालिका,सराेकारवाला सवैकाे प्रतिवद्धता भन्ने मुल नाराका साथ दिपायल सिलगढी नगरपालिकाको आयाेजना तथा युनिसेफको सहकार्यमा बाल श्रम निवारण राष्ट्रिय गुरु याेजना सम्बन्धि १ दिवसिय नगर स्तरीय अभिमुखिकरण कार्यक्रमकाे सभा अध्यक्ष समेत रहनुभएका नगर प्रमुख खड्काले यस्तो वताएका हुन ।

दिपायल सिलगढी नगरपालिका लाइ बालश्रम मुक्त अभियानका मापदण्ड पुरा गरि निटक भबिष्यमा बालश्रम मुक्त नगर घोषणा गर्ने उद्देश्यले प्रतिवद्धता जाहेर ग्रदै बिभिन्न सराेकारवाला संग छलफल गरि कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला अदालत डाेटीका न्यायाधीश, जिल्ला प्रशासन कार्यालय डाेटीका प्रमुख प्रतिनिधि ,जिल्ला प्रहरि कार्यालय डाेटीका प्रमुख लगायतले आ-आफ्नो कार्यकालयकाे भुमिका र प्रतिवद्धता समेत जाहेर गरेका छन्।

१ दिवसिय कार्यक्रममा बहुपक्षिय सराेकारवालाकाे सहभागिता रहेको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शंकर शुचिकारले जानकारी दिए।

तपाईको प्रतिक्रिया