Advertisement
SKIP THIS
जन्मदिनमा पत्रकार भण्डारीद्वारा “सुशील शैक्षिक” नामक अक्षयकोषमा सहयोग

अछाम: पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ। तर अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैन निवासी सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको मालिका आधारभुत विधालय ठुलासैनमा आफैले स्थापना गरेको शैक्षिक अक्षकोषमा आर्थिक सहयोग गरेकाछन । आफ्नो  जन्मोत्सवका अवसरमा उनले २०७८ फागुन १५ गते  २६ हजार ६ सय २६ रुपैयाको  “सुशील शैक्षिक नामक अक्षयकोष” स्थापना गरेका थिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ,सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक रहेका भण्डारीले सोमबार  परेको जन्मदिनमा बिद्यालयको अक्षयकोषमा २७  हजार ७ सय रुपैंया सहयोग गरेका हुन् ।

बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशील  अक्षयकोष स्थापना गरेको अक्षयकोषकर्ता भण्डारीले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ । रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे ।

उक्त रकमको वार्षिक ब्याज मार्फत प्राप्त रकमबाट विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्रदान गरिनेछ ।

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवर रहनुभएको थियो । प्रमुख अतिथि कुवरले पछिल्लो समय समाजमा विभिन्न शुभकार्यमा  फजुलखर्च गर्ने परिपाटी चलीआएकोले त्यसलाइ अन्त्य गर्न यो कार्यबाट गतिलो सन्देश प्रवाह हुने बताउनुभयो ।  शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा भण्डारीलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढन आग्रह गर्नु भयो । साथै उहाँले उक्त अक्षयकोषमा आफ्नो तर्फबाट ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग समेत गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका सहसचिव दिनेश स्वार,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञ प्रसाद ढुंगाना ,नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी पुष्प बिष्ट विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका कोषाध्यक्ष भवानी भण्डारी ,नेपाल प्रेस  युनियन अछामका सहसचिव दिनेश केसि,मानव अधिकार तथा शान्ति समाज अछामका उपसभापति महेश जैसी,मंगलसेन नगरपालिका वडा नम्बर ६ का सदस्य जन्मराज भण्डारी ,पत्रकार चक्र जैशी,प्रेम नेपालि मालिका आधारभूत बिधालयका सहायक प्रअ भक्तराज ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द सोपको स्वागत मन्तव्य वबाट सुरु भएको संचालन बिधालयका प्रअ टेकराज भण्डारीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया