Advertisement
SKIP THIS
कानुनी सचेतना तथा साक्षरताका लागी अन्तरक्रिया कार्यक्रम बान्नीगढी १ गाज्रामा सम्पन्न

निराकरण खबर अछाम:कानूनी सचेतना तथा कानूनी साक्षरताका लागी अन्तरक्रिया कार्यक्रम बान्निगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रामा सम्पन्न भएको छ।

शुक्रबार बान्निगढी जयगढ गाउँपालिका वडा १ का अध्यक्ष गजेन्द्र बहादुर खड्काको अध्यक्ष सम्पन्न भएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिन्दु रावलको प्रमुख अथिति रहेका थिईन।

कार्यक्रममा बोल्दै संयोजक रावल अझै कयौं महिलाहरु आफुलाई हिंसा भएपनि समाजको डरले न खुल्ने गरेको बताईन।न्यायिक समितिले गाउँ घरमा भएका बिवादहरुलाई अदालत सम्म नपुगोस् ,न्यायमा आम नागरिकको सहजै पहुँच होस्, न्याय सस्तो र कम झन्झटिलो होस् भनेर न्यायिक समिति गठन भएको बताईन।

गाउँपालिकाको न्यायिक समितिले कुनै आग्रह पुर्वाग्रहमा न्यायमा समान पहुँच दिने उपस्थिति नागरिकलाई बिश्वस्थ पारिन् ।कानूनी सचेतना तथा कानूनी साक्षरताका लागी अन्तरक्रिया कार्यक्रम वडा नं १ का गाज्राका ७० भन्दा बढी नागरिकको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया