Advertisement
SKIP THIS
कानूनी सचेतना तथा साक्षरताका लागी अन्तरक्रिया कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिका ४ मा सम्पन्न

बिवादहरु भए अदालत सम्मै पुग्नु पर्दैन , न्यायिक समिति संयोजक रावल

निराकरण खबर अछाम:कानूनी सचेतना तथा कानूनी साक्षरताका लागी अन्तरक्रिया कार्यक्रम बान्निगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनमा सम्पन्न भएको छ।

शुक्रबार बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिन्दु रावलको प्रमुख अथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

अझैसम्म कयौं नागरिकलाई न्यायिक समितिका काम कर्तव्य बारे जानकारी नभएकोले अन्तरक्रिया कार्यक्रम गरिएको बताईन।कार्यक्रम बोल्दै उनले न्यायिक समितिले गाउँ घरमा भएका स सना बिवादहरुलाई अदालत सम्म पुर्याउनु नपर्ने अदालत सम्म पुग्दा नागरिकको पैसा र समय खेर जाने हुदाँ पालिको न्यायिक समितिमा आउन आग्रह गरिन।

न्यायिक समितिले कुनै भेदभाव आग्रह पुर्वाग्रह नराखेर समितिमा आएका बिवादहरु निरुपण गर्ने हुदाँ ढुक्क भएर न्यायिक समितिमा आउन आग्रह गरिन।आगमि दिनमा न्यायिक समितिसँग नागरिकको सहजै पहुँच होस् भनेर काम गरिरहेको संयोजक रावलले बताईन। कानूनी सचेतना तथा कानूनी साक्षरताका लागी अन्तरक्रिया कार्यक्रम वडा नं ४ का तिमिल्सैनका ४० भन्दा बढी नागरिकको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया