Advertisement
SKIP THIS
कमलबजारमा पैसाको खोलो बग्यो तर पानी बगेन

डेढ करोड बढी खर्च हुदाँ पनि कमलबजार बासीले पानी पाएनन्

निराकरण खबर अछाम पुर्वि अछामका ४ स्थानिय तहको प्रमुख ब्यापारिक केन्द्र रहेको कमलबजारमा खानेपानीको चरम समस्या हुदै गएको छ । बजारमा गाउँबाट बसाईसरी आउनेको सख्या बढ्दै जानु, कमलबजारमा खानेपानीका प्रयाप्त मुहान नहुनु, भएको पानी समेत ब्यावस्थापन हुन नसक्दा कलबजारको अवस्था खानेपानीकै कारण दयनिय हुदै गएको छ ।

आर्थीक बर्ष २०७६÷०७७ मा सासंद बिकास कोषको ५० लाख ,संघ सरकारबाट ५० लाख सुदूरपश्चीम सरकार र कमलबजार नगरपालीकाको बिभीन्न चरण गरि ५० लाख गरि कुल १ करोड ५० लाखमा कमलबजारमा रहेको खानेपानी समस्या समाधान गर्न डिप बोरिङ मार्फत खनिए पनी हालसम्म खानेपानी सञ्चालन हुन सकेको छैन ।

डिप बोरिङ खनिएर पानी जम्मा गर्नको लागी ४ वटा ट्याकी र बजारमा खानेपानीको लाईन बिस्तार गरिएपनि अहिले सम्म बजार बासीले पानी पाउन सकेका छैनन्।निवार्चनको बेला सधै चुनावि नारा मात्रै बन्ने गरेको निवार्चन पछि जनप्रतिनीधीहरुले खानेपानीको समस्या बिर्सेका कमलबजारका स्थानिय भरत भण्डारीले बताए ।

हाल १.५ किलोमिटर टाढा रहेको पाचुलीलेक बाट पाईपमा पानी ल्याईएको भएपनी सो पानी अपुग भएकै अवस्था एकातिर छ भने अकौ तिर ब्यावस्थापन गर्न नसक्दा खानेपानीका लागी बजार बासी घण्टौ समय पालो कुर्दै भर्नु परेको कृष्ण बटालाले बताए ।

आएका योजना टाठाबाठा भएकाहरु अगाडी सरेर काम नगरे पैसा खाने, आफुले ४ बर्षदेखि पानीको चाकीदार बसेको समेत पैसा नपाएको तुली खड्काले बताइन । कमलबजार नगरपालीका प्रमुख यज्ञ प्रशाल ढकालले भने भोली १२ गते बिहान ८ बजे उप प्रमुख कार्यकारी लगायतलाई बोलाएर डिप बोरिङ किन चलिरहेको छैन भनेर निरिक्षण गर्ने बताए।

तपाईको प्रतिक्रिया