Advertisement
SKIP THIS
नेपाली काग्रेंस क्षेत्र नं १ प्रदेश सभा “क” को बैठक सम्पन्न

अछाम:नेपाली काग्रेंस क्षेत्र नं १ प्रदेश सभा “क“ कार्यसमेतीको १०औँ बैठक साँफेबगरमा सम्पन्न भएको छ ।

प्रदेश सभापति महेश खडको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि नेपाली काग्रेंस केन्द्रिय सदस्य गोबिन्द बहादुर शाह रहनु भएको थियो भने बिशिष्ट अतिथी नेपाली काग्रेंस सुदुर पश्चिम प्रदेश महामन्त्री मेघराज खड्का , पुर्ब जिल्ला पाटी सभापति भरत कुमार स्वार रहनु भएको थियो ।

अतिथिहरुमा सुदुर पश्चिम प्रदेश सदस्य रुपा आउजी , महासमीती सदस्य भगवती खनाल, जिल्ला समन्वय प्रमुख ललित कुंवर, जिल्ला कार्यसमिति कोषाध्यक्ष बल ब साउद ,साँफेबगर नगर प्रमुख राजेन्द्र कुंवर, क्षेत्रीय सभापति किष्न बुढा, चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउद लगाएतको सहभागिता रहेको थियो ।

बैठकले बैशाख १५ गते भित्र प्रदेश, वडा, पालिकासंग समोनय गर्दै अघि बढ्ने सम्पुर्ण वडामा गएर संगठन बिस्तार गर्ने लगाएतका निर्णय गरीएको प्रदेश सभापति महेश खड्काले बताए ।

तपाईको प्रतिक्रिया