Advertisement
SKIP THIS
दिपायल सिलगढी नगरपालिकाले मनायाे ७३ औं प्रजातन्त्र दिवस

बिक्रम खडका डाेटी: ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ काे अवसरमा दिपायल सिलगढी नगरपालिका ले वडानम्वर ४ राजपुरमा बजार सरसफाई कार्यक्रम मनाएकाे छ ।

नगर सफा राखी सभ्यताको परिचय दिउ भन्ने अभियान लाइ सार्थकता प्रदान गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाको आयाेजना र जिल्ला प्रसासन कार्यालय डाेटीकाे समन्वयमा उक्त कार्यक्रम पन्चेश्वर मन्दिर देखि राजापुर बजार सरसफाई गरि बनाइएको हो ।

सरसफाई कार्यक्रममा बाेल्दै पुर्व मन्त्री भक्तबहादुर बलायर ले देश स्वतन्त्र वनाउने सहिद लाइ सम्झिदै सरसफाई कार्यक्रम गरे जस्तै सवैकाे मन सफारही बिश्वलाइ हराभरा बनाउनमा आफ्नो ठाउँबाट सहयोग गर्न कार्यक्रमका सहभागी लाइ आग्रह गरेका थिए ।

नेपाल लाइ स्वतन्त्र राष्ट्र बनाइ खुसीकाे अनुभुति प्रदान गर्ने बातावरण बनाउने अमर सहिद लाइ स्मरण गर्दै यस्ता दिवस लाइ सार्थकता दियर लाग्नु पर्नेमा कार्यक्रम का सहभागी जिल्ला समन्वय समिति संयोजक लक्षमण वहादुर सिंहले जाेड दिनुभएकाे थियाे ।

स्वच्छ नगर वानाउने हाम्राे प्रयत्न लाइ सार्थकता दिन यस्ता दिवसले प्रेरणा दियकाे छ, प्रजातन्त्र ल्याउन ज्यानकाे आहुति दिने अमर सहिदलाई सम्झिदै दिपायल सिलगढी नगरपालिका नगर प्रमुख वाजी सिंह खडका ‘बिजय’ यस्तो भन्नु भयकाे हाे ।
उहाँ ले थप्नुभयो हामिले आज सरसफाई गर्याै याे याैटा चेतना मुलक सन्देश जस्तै हाे यसले सम्पुर्ण नगर बासि लाइ आ-आफ्नो घर आगन सफा राखि नगर लाइ हराभरा र स्वच्छ वनाउनमा सहयोगीकाे भुमिका खेलिदिन आग्रह ग्रदै कार्यक्रममा उपस्थित सम्पुर्ण लाइ धन्यबाद समेत दिनुभएकाे थियाे।

७३ औं प्रजातन्त्र दिवसकाे अवसर पारी सरसफाई कार्यक्रममा नेपालि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, जनसमुदाय लगायतले आ-आफ्नो धारणा राख्दै कार्यक्रम सहभागि जनाएका थिय।

तपाईको प्रतिक्रिया