Advertisement
SKIP THIS
तिन महिने सिलाई कटाई तालिमकाे नगर प्रमुख खडका द्वारा उद्घाटन

बिक्रम खडका डोटी :तिन महिने सिलाई कटाई सम्वन्धि तालिमकाे दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सिंह खडका ‘विजय’ले उद्घाटन गर्नुभएको छ ।

मानविय सेवामा अनेकौं प्रयास संस्था कैलालीकाे आयाेजना तथा दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा उक्त सिलाइकटाइ सम्वन्धि तालिम नगरपालिका भित्रका २० जना महिला सहभागि रहने गरि आज देखि संचालन भएकाे छ ।

जिवन उपयाेगी सिप मध्येकाे आत्मनिर्भर बनाउने सिप सिलाइकटाइ पनि रहेकाेले याे सिपलाई समयकाे भरपुर सदुपयोग गरि निर्धक्क सँग सिकेर व्याभारमा लागु गर्न कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख खडकाले सहभागी लाइ अनुराेध गर्नु भएकाे थियो,
उहाँले थप्नुभयो अहिले २० जना महिला दिदीबहिनीहरुले याे तालिम बाट लाभान्वित हुनु भयाे र याे चरणकाे तालिम सिकिसकेपछि याे भन्दा माथिको तालिमकाे चरण सिक्न चाहानुहुन्छ भने तपाइँकाे इच्छा कुन्ठित हुन दिने छैन त्यसकाे व्यावस्थापनमा आफु लाग्ने प्रतिवद्धता समेत सहभागी समक्ष गर्नु राख्नु भएको थियो ।

तेस्तै कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनुभएका नगरपालिका उप प्रमुख कलावती महर साउद ले महिला उपयाेगी सिलाइकटाइ तालिमले सहभागी हरुलाइ आत्मनिर्भर बनाउनेमा जाेड दिनुभयो यस नगर भरिका बेराेजगार लाइ साे-राेजगार बनाउने अभियान लाइ याे कार्यक्रमले सहयोग गर्ने भएकाले सहभागी लाइ दत्तचित्त मनले तालिम सिक्न अनुराेध गर्नुभएको थियो।

यस्तै कार्यक्रममा बोल्दै साइन नेपालका कोषाध्यक्ष मेघ राज भट्टले मानविय सेवामा हामि निरन्तर लागि रहेका छाै ,नगरपालिकाले नगर भित्र आवस्यकता अनुसार हामिलाइ अनुराेध गेर समुदायको हितका लागि बिभिन्न कार्यक्रम हरु गर्दै अगाडी बढ्ने वताए।

दिपायल सिलगढी नगरपालिकाका बिभिन्न वडाबाट २० जना महिला सहभागी रहने गरि संचालन हुने कार्यक्रम आजदेखि दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ५ काे तालिम हलमा संचालन भएकाे छ , सहभागी लाइ प्रसिक्षक लता जाेशि ले गर्ने र कार्यक्रम का प्रतेक सहभागी लाइ तालिम समापन संगै प्रमाण पत्र र १/१ थान सिलाइ मेसिन उपलब्ध गराइने मानविय सेवामा अनेकाै प्रयास संस्थाका फिल्ड सुपरभाइजर पूर्ण बोहरा ले जानकारी दिए।

उद्घाटनमा कार्यक्रमकाे सभा अध्यक्षता वडानम्वर ५ का वडा अध्यक्ष गणेश भन्डारीले गर्नु भएको थियाे भने प्रमुख अतिथी दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख वाजि सिंह खडका विजय, बिशिष्ट अतिथि नगर उपप्रमुख कलावती महर साउद ,वडा नम्बर ९ का वडा अध्यक्ष हर्क बहादुर साउद,वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासी, कार्यपालिका सदस्य पूर्ण माया मलासी,वडा सदस्य महेन्द्र केसि, पत्रकार लगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया