Advertisement
SKIP THIS
कार्यसम्पादन मूल्याङ्कनमा डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका पहिलो

बिक्रम खड्का डोटी :कार्यसम्पादन मूल्याङ्कनमा दिपायल सिलगढी नगरपालिका डोटीको पहिलो स्थानीय तह भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।

आयोगले दिएको जानकारी अनुसार दिसिनपाले ६८ दशमलव ८६ प्रतिशत अङ्क प्राप्त गर्दै कार्यसम्पादन मूल्याङ्कनमा डोटीको पहिलो स्थानीय तह भएको हो ।

त्यसैगरी पूर्बीचौकी गाउँपालिकाले ५२ दशमलव ०३ प्रतिशत अङ्क प्राप्त गर्दै कार्यसम्पादन मूल्याङ्कनमा डोटीको अन्तिम स्थानीय तह भएको छ ।केआईसिंह गाउँपालिका ६१ दशमलव ८१ प्रतिशत अङ्क प्राप्त गर्दै कार्यसम्पादन मूल्याङ्कनमा डोटीको दोस्रो स्थानीय तह भएको छ ।

त्यस्तै आदर्श गाउँपालिका ६० दशमलव २७ प्रतिशत अङ्क प्राप्त गर्दै कार्यसम्पादन मूल्याङ्कनमा तेस्रो स्थानीय तह भएको छ । भने चौथोमा बोगटान फुड्सिल गाउँपालिकाले ६० दशमलव १४ अंक प्राप्त गरेको छ । त्यसैगरी क्रमशः कार्यसम्पादन मूल्याङ्कनमा वडीकेदार गाउँपालिकाले ५८ दशमलव ४९ प्रतिशत अङ्क, शिखर नगरपालिकाले ५५ दशमलव १६ प्रतिशत अङ्क, सायल गाउँपालिकाले ५३ दशमलव ८३ प्रतिशत अङ्क ,जोरायल गाउँपालिकाले ५२ दशमलव ३४ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरेनगरेको, असार मसान्तभित्र बजेट पास गरेनगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे नगरेको, आउँदो आर्थिक वर्षको लागि आय र व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेनगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको लगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या लगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्क भार दिएको हो ।

तपाईको प्रतिक्रिया