Advertisement
SKIP THIS
डाेटीमा जिप दुर्घटना, २ जनाकाे मृत्यु ६ घाईते‌

डाेटी : डोटीमा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन ।

जिल्लाको केआई गाउँपालिका १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा केआईसिंह गाउँपालिका १ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धन बहादुर तिरूवाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा केआइसिंह गाउँपालिका १ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुलाई उद्दार पछि घर पठाइएको छ भने गम्भीर घाइतेहरुको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।शुक्रबार राति ११ : ३० बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप सडक बाट करिव ५०/ ६० मिटर तल खसेको र दुर्घटनाकाे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खटिएको

तपाईको प्रतिक्रिया