Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिका बन्यो कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिमकै दोस्रो

अछाम: कार्यसम्पादन मूल्याङ्कनमा अछामको चौरपाटी गाउँपालिका सुदूरपश्चिम प्रदेशकै दोस्रो स्थानमा आएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार चौरपाटी गाउँपालिका सुदूरपश्चिमकै दोस्रो तथा जिल्लामै पहिलो स्थानमा आएको हो ।

गाउँपालिकाले ७३.२५ प्रतिशत अङ्क प्राप्त गरेको छ । यसैगरी प्रदेशमै पहिलो नम्बरमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका रहेको छ । आलितालले ७४.७७ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

कार्यसम्पादन मूल्याङ्कनमा प्रदेशमै दोस्रो तथा जिल्लामै पहिलो भएकोमा गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले जनप्रतिनिधि, कर्मचारीलगायत सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो ।

कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएका थिए ।त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।

तपाईको प्रतिक्रिया