Advertisement
SKIP THIS
डाेटीमा फागुन ४ वाट महाेत्सव लाग्ने

डाेटी:‘सेतीको हीरा, खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ डोटी चेम्बर अफ कर्मको आयोजनामा फागुन ४ गतेदेखि १४ गतेसम्म प्रादेशिक महोत्सव दिपायलमा लाग्ने भएको छ।

दिपायलको मठ क्षेत्रमा हुन लागेकाे महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय,स्थानीय तथा नव प्रतिभा कलाकारहरूको बेजोड प्रस्तुति रहने महाेत्सवकाे उद्घाटन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गर्नु हुने सोमवार दिपायल स्थित बर्षा हाेटलमा गरिएको पत्रकार सम्मेलन मार्फत डोटी चेम्बर अफ कमर्सका अध्यक्ष साउँदले बताए ।

महाेत्सव स्थलमा प्रवेश शुल्क १०० लाग्ने भयकाे छ जसमा विद्यार्थीहरूका लागि ७० र सिजनल पासका लागि सात सय तोकिएको छ ,११ दिनसम्म सञ्चालन हुने महोत्सवमा कृर्षि प्रदर्शनी, रमाइलो मेला, स्थानीय झाँकी लगायतका प्रस्तुति रहने चेम्बरका महासचिव केसर कठयताले बताए ।

तपाईको प्रतिक्रिया