Advertisement
SKIP THIS
३ महिने व्युटिपार्लर सम्वन्धि तालिमको उप-प्रमुख महरद्वारा उद्घघाटन

डाेटी: ३ महिने व्युटिपार्लर सम्वन्धी तालिमको दिपायल सिलगढी नगरपालिका डाेटीकी उप-प्रमुख कलावती महर साउँदले उद्घाघाटन गर्नुभएको छ ।

दिपायल सिलगढी नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयकाे संयुक्त तत्वावधानमा संचालित ३ महिने व्युटिपार्लर सम्वन्धी तालिमको उप-प्रमुखले महरले बिहिवार एक कार्यक्रमका बिच उद्घघाटन गरियकाे हाे ।

घरेलु तथा साना उद्योग राजपुर डाेटी र दिपायल सिलगढी नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० स्विकृत बजेट बाट संचालन गर्ने गरि तालिम ३ महिना सम्म सिलगढीमा संचालन गरिने छ ।

यस्ता बिभिन्न तालिमले जिवनमा सहजता देखाउछ र
जिविकोपार्जन मा सुधार ल्याउनुका साथै आत्मनिर्भर बनाउनेमा कार्यक्रमकाे अध्यक्षता ग्रहण गरिरहनु भएका नगर उप-प्रमुख कलावती महर साउँदले जाेड दिए।

, उहाँले थप्नुभयो ”याे सामान्य बाट सुरुवात गरेकाे तालिम लाइ सहभागी हरुलाई जिवन उपयाेगी तरिकाले अगाडी बढाउनु हाेला पछि गएर व्यावसाय गर्नुहुन्छ भने पालिकाले तपाईं हरुलाई केहि सहयोग गर्नेमा समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

हामिले बिभिन्न निकाय संग यस्तै सिपमुलक तालिम सहकार्य गर्दै संचालन गर्ने गरेका छाै, अधिकांस व्याक्ती तालिम प्राप्त गरेर त्यतिकैमा थन्किने गर्दछन् सहभागिताले अर्थ दिदैन सिपले अर्थ दिन्छ ,तेसैले तपाइ हरुले तिनमहिना कटाउने हैनकि समय लाइ सदुपयोग गरि सिपलाई पूर्ण रुपमा सिकेर व्यावसायिक रूपमा अगाडी बढ्नमा घरेलु तथा साना उद्योग कार्यालय राजपुरका कार्यालय प्रमुख दिपेन्द्र शाहाले सहभागी हरुलाई अनुरोध गर्नु गरेका थिए।

अमिता गुरुङ प्रसिक्षक रहने गरी व्युटिपार्लर सम्वन्धी ३ महिने तालिम दिपायल सिलगढी नगरपालिका बिभिन्न वडाका १० जना महिला तथा युवती सहभागीकाे सहभागितामा २०७९ माघ २६ गते देखि २०८० बैशाष २५ गतेसम्म संचालनमा रहने दिपायल सिलगढी नगरपालिका निमित्त प्रमुख प्रसासकीय अधिकृत डिल वहादुर महाराले जानकारी दिए।

तपाईको प्रतिक्रिया