Advertisement
SKIP THIS
डडेल्धुरामा एक किशोरी मृत अवस्थामा फेला

डडेल्धुराः डडेल्धुरामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

मेलगाझा घर नजिकैको जंगलमा किशोरी रुखमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले बताए। अहिले ती किशोरीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ।

पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ। किशोरी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन्।

तपाईको प्रतिक्रिया