Advertisement
SKIP THIS
यी हुन् अछामबाट छनोट भएका अनेरास्ववियु महाधिवेशन प्रतिनिधि

अछाम:नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आउँदो फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

महाधिवेशन भव्यताका साथ सफल पार्न अनेरास्ववियु अछाम जिल्ला कमिटीले प्रतिनिधि छनोट गरेको छ ।

माघ १६ गते बसेको अनेरास्ववियुको बैठकले सर्वसम्मत रुपमा १२ जना प्रतिनिधि छनोट गरेको हो ।

अनेरास्ववियु अछामले जिल्ला कमिटीबाट नरेन्द्र बहादुर खड्का, कमल कोली, मनपुरा शाहीलाई छनोट गरेको छ । मा.वि कमिटी अन्तर्गत एकेन्द्र खत्री र पालिका कमिटीबाट राम बहादुर साउँदलाई छनोट गरेको छ ।

यस्तै क्याम्पस कमिटी अन्र्तगत जनता बहुमुखि क्याम्पस बयालपाटाबाट भिम बहादुर बडाहित, अछाम बहुमुखि क्याम्पस मंगलसेनबाट मुक्तिनाथ बोहरा, त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटबाट रेबन्त विष्ट, पञ्चदेवल क्याम्पस विनायकबाट राज कुमार सुनार, कैलाश बहुमुखि क्याम्पस कालागाउँबाट श्यामसुन्दर रावल, जनशिखा क्याम्पस मेल्लेखबाट विशाल खड्का र कमलबजार क्याम्पस कमलबजारबाट भरत कुँवर महाधिवेशन प्रतिनिधि छनोट हुनुभएको छ ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने अनेरास्ववियुका नेताहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया