Advertisement
SKIP THIS
मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभुत तालिम दिपायल सिलगढीमा  सम्पन्न।

निराकण खबर डाेटी: मेलमिलाप सम्बन्धी ४८ घन्टा लामाे आधारभुत तालिम सेति सभा सम्पन्न भएको छ ।

दिपायल सिलगढी नगरपालिकाकाे आयाेजनामा माघ १६ गतेदेखि २३ गतेसम्म संचालन भएकाे उक्त कार्यक्रम साेमबार एक कार्यक्रमका बिच दिपायल सिलगढी नगरपालिकाको सेति सभा हलमा समापन कार्यक्रम गरि सम्पन्न भएको हो ।

नगरपालिका प्रत्येक वडा बाट ३/३ जना मेलमिलाप कार्यकर्ता उत्पादन गरि समुदायमा भयका सामान्य झै-झगडा आन्तरिक मनमुटाव लाइ मेलमिलाप कार्यकर्ता मार्फत सहज तरिकाले न्यायिक समितिकाे पहलबाट सम्वाेधन हाेस र समुदायमा सानातिना समस्याले बिकराल समस्या न ल्याउस भन्ने उद्देश्यले प्रत्येक वडाबाट ३/३ जना सहभागी रहने गरि याे कार्यक्रम आयाेजना गरेकाे न्यायिक समिति अन्तर्गतका उजिरि प्रसाशक सानुमाया लिम्बूले जानकारी दिनुभयो।

सामाजिक मुल्य र मान्यतालाई कायम राखेर समाजमा भाइचारा,सदभावना कायम राख्न सकेननाै भने सुन्दर शान्त समाजकाे परिकल्पना गर्न सकिन्न,तेसैले हामि समाजमा जसरी मेलमिलाप गरि बसीरहेका छाै तेसैगरी अगाडी बढनु जरुरी छ,र अझैमेलमिलापको पाटाेमा सहजता ल्याउनमा पालिकाले समुदायको मनाे भावना अनुसार यस्तै कार्यक्रम हरु गर्दै जानेमा समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख बाजि सिंह खड्का’बिजय’ जनाउनु भयकाे थियो।

कार्यक्रम मार्फत मेलमिलाप कार्यकर्ता उत्पादन गरि समुदायका बिभिन्न प्रकृतिका समस्या लाइ सहज तरिकाले न्यायिक समितीकाे माध्यमबाट समाधान गर्नु पर्छ र सामान्य मनमुटावका कारण सर्वसाधारणले समस्या नझेलुन भनि हामिले यस्ता कार्यक्रम संचालन गर्ने गर्दछाै,तेसैले पनि सर्वसाधारण लाइ सजिलै याेसेबाट लाभ मिल्ने आसा ग्रदै न्यायिक समितिको आउदाे कार्यक्रममा समुदायमा मेलमीलाप केन्द्र स्थापना गर्ने समेत कार्यक्रमकाे सभाअध्यक्ष ग्रहण गरिरहनु भएका नगरपालिकाका उप प्रमुख तथा न्यायिक समिति संयाेजक कलावती महर साउदले प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियो।

कार्यक्रममा बिभिन्न बडाका सहभागी,न्यायिक समितिका पदाधिकारी,कानुन व्यवसायी कर्मचारी लगायतकाे उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया