Advertisement
SKIP THIS
दिपायल सिलगढी नगरपालिकाद्वारा श्रमीक समुहसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न

निराकरण खबर डोटी :दिपायल सिलगढी नगरपालिका रोजगार सेवा केन्द्रले आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रोजगार सेवा शाखाले वडा नम्बर ३ मा आयोजना गरेको सामुदायीक भेला तथा श्रमीक समुह संगको अभिमुखिकरण कार्यक्रम एक कार्यक्रमका बिच शनिबार सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले घर घरमा स्वरोजगार बन्न केही न केही सिप सिक्न आवश्यक रहेको बताए ।

उनले भने अब नगरभित्रका कसैले पनि आफ्नो जमिन बाजो राख्न पाउने छ्रैनन् केहीन केही गरेको हुनुपर्छ होईन भने अरुले उपभोग गर्छन् । नगरपालिका भित्र बसोबास गर्ने कृषकहरुले विभिन्न समुह, सहकारी संघ संस्थासंग आबद्धभई उद्यमी बन्न आवश्यक रहेको समेत नगर प्रमुख खड्काले बताए ।

नगरभित्रका कृषकहरले उत्पादन गरेका कृर्षि उपजहरको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने समेत बताए । रोजगार सेवा शाखाबाट लागुहुने कार्यक्रमबाट महिला, दलित, एकल महिला पीछडीएका वर्गलाई विशेष प्राथमीकतामा राख्नुपर्ने कार्यक्रमका विशिष्ठ अथिती समेत रहनुभएकी दिपायल सिलगढी नगरपालिकाकी नगर उप प्रमुख कलावती साउदले बताईन् । ग्रामीण क्षेत्रमा बस्ने दिदीबहीनीहरुको आर्थिक अवस्था माथी उकास्न नगरपालिकाले पनि विभिन्न सिपमुलक कार्यक्रमहरु संचालन गरिरहेको समेत उप प्रमुख साउदले बताईन् ।

एक दिने अभिमुखिकरण कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बारेमा जानकारी, सुचिकरण प्रक्रिया, भुक्तानी प्रक्रिया, बिमा सम्बन्धी लगाएतका विषय बस्तुको बारेमा जानकारी गराईएको दिपायल सिलगढी नगरपालिकाका रोजगार सेवा केन्द्र संयोजक टेकराज भण्डारीले बताए । उनले नगरपालिकाका अन्य बाकी रहेका वडाहरुमा पनि अभिमुखिकरण कार्यक्रम गरिने समेत बताए ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य, पत्रकार लगाएत वडा नम्बर १ देखि ४ सम्मका महिला, पुरुष, दलित एकल महिलाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया