Advertisement
SKIP THIS
जिल्ला प्रहरी कार्यालय अछामको हिरासत कक्षमा पुस्तकालयको स्थापना

अछाम: जिल्ला प्रहरी कार्यालय अछामको हिरासत कक्षमा पुस्तकालयको स्थापना गरिएको छ ।

विभिन्न ज्ञानर्वद्धक तथा जीवनउपयोगी पुस्तकको संकलन गरि हिरासतमा रहेका थुनुवा तथा कार्यालयमा रहेका प्रहरीहरुलाई पढ्न पाउने व्यावस्था सहित मंगलवार स्थापना गरिएको हो ।

हिरासत पुस्तकालयमा विभिन्न पुस्तकहरु जस्तै मानवअधिकार बर्ष पुस्तक,अछाम दर्पण,प्रशासन व्यवस्थापन र विकास प्रस्नोत्तर,एक्लो,नमुना विकास,बाआमा,चिना हराएको मान्छे,स्थानीय तह निर्वाचन निर्देशिका,वालवालिका सम्बन्धि आधारभूत सुरक्षा जानकारी लगायतका थुर्पै पस्तक पढ्न पाउने व्यवस्था सहित हिरासत पुस्तकालयको स्थापना गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक नारायाण डांगीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया