Advertisement
SKIP THIS
नेबिसंघ अछामको कार्यवाहक अध्यक्षको जिम्मेवारी उमेश कुँवरलाई

निराकरण खबर अछाम:नेपाल बिधार्थी संघ अछामको कार्यवाहक उमेश कुँवरलाई दिईएको छ। मंगलबार नेपाल बिधार्थी संघ अछामका अध्यक्ष नृप साउदले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन।

नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठो संसोधन २०७५ बमोजिम कुँवरलाई अछामको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

नेपाल विद्यार्थी संघको विधानको अधिनमा रही संघको गरिमालाई उच्च बनाई नेपाल विद्यार्थी संघ अछामलाई गतिशिल, गौरवमय बनाउने विश्वास लिएको अध्यक्ष साउँदले बताए ।

विद्यार्थीकाे हकहितका लागि सधै बुलन्द अावाज उठाइरहने कुँवर धेरै समय नेविसंघ सिटिइभिटीकाे राजनीतिमा क्रियाशिल हुदै लामाे समय देखि नेविसंघ अछाममा काम गरिरहेका छन।

अस्पतालमा रगतकाे अभाव भएका विरामीलाई रगतकाे व्यावस्था गर्ने देखि जिल्लाका विभिन्न सामाजिक काममा सक्रिय कुवँर युवाहरुमा लाेकप्रिय छन।

तपाईको प्रतिक्रिया