Advertisement
SKIP THIS
टिकटक चलाउन दुहुनो भैंसी बेचिन अछामकी रंगादेवीले

अछाम : टिकटक पछिल्लो समय निकै लोकप्रिय एप्स बनेको छ ।टिकटकले यसरी मोहनी लगाएको छ मानिसलाई खाना खादा, हिड्दा साथीसँग भेड्दा , कार्यालयमा काम गर्दा समेत टिकटकमै व्यस्त रहेका हुन्छन् ।

टिकटकमा गरेको अभिनयबाट केही चर्चित बनेका छन् भने कोही त्यही टिकटककै कारण विवादित पनि बनेका छन् । टिकटक क्रेजकै कारण अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढा दुइनो भैंसी बेचेर पनि टिकटक चलाउदै आएकी छन् । उनी एक बर्ष अघिदेखी टिकटक चलाउदै आएकी छन् ।  

सामान्य प्रौढ कक्षा मात्र पढेकी रंगादेबी सुरुमा घरमा छोराछोरीले टिकटक बनाएको र टिकटकमा रमाएको देखेपछि टिकटक तर्फ चासो राखिन् । छोरीलाई टिकटक चलाउन सिकाई मागिन् र उनको टिकटक एकाउन्ट rangadevibudha123 नाम रहेको छ । टिकटक सुरुमा खाली समय विताउने उनका लागि राम्रो माध्यम बन्यो पछि टिकटक अभिनय र ठाडी भाका गाउन थालिन् । उनका गित र अभिनय टिकटकमा मन पराउन थाले । उनका हरेक भिडियो भाइरल हुने गरेका छन् । उनी टिकटक लाइभमा पनि बस्छिन्। लाइभमा स्थानिय भाषामा अभिनय र सुदूरपश्चिमको ठाडी भाका गाउने गरेकी छन्।

टिकटक चलाउन र टिकटक लाइभमा बस्नेकै लागी दैनिक पाँच रुपैयाँको रिचार्ज खर्च गर्न समेत थालिन् । टिकटक चलाउन रिचार्ज खर्चकै लागि घरमा रहेको दुइनो भैंसी बिक्री गरेकि छन् । रंगादेवी भनिन्, ‘ टिकटक चलाउन नेट चाहिन्छ, नेटका लागि रिचार्ज गर्नु नै पर्‍यो । उधारो रिचार्ज नपाईने, रिचार्ज खर्चकै लागि घरमा पालेको दुइनो भैंसी बेचेकी हुँ।’

‘लाइभमा आएका बेला धेरैले खुसी लाग्यो। ठाडी भाका गाउनु हुन्छ, भन्छन् । गाउँकाले भैसो बेचेर टिकटक चलाउन लागि पनि भन्छन् । टिकटकमा कसै कसैले गिफ्ट पठाउन्छन् । तर आफूलाई केही थाहा छैन त्यो बारेमा । घरको काम सकेपछि दिउँसो १२ बजे तिर एक घण्टा लाईभमा आउन्छु ।’ उनले भनिन्

सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका पाखा-पखेरामा गुञ्जिने ठाडी भाका एक प्रमुख संस्कृति हो।। मनोरञ्जनको लागि मात्रै नभइ ठाडी भाका महिलाहरुका दुःख बिसाउने र सुःख बाँड्ने माध्यम बनेका छन् । देउडा र ठाडी भाकाबाट महिलाहरुले आफ्ना दुःखका भारी मात्रै बिसाउदैनन्, बिकास निर्माण र चेतनाको कुरा पनि दर्शाउछन् । ठाडी भाका भने मेलापात, उत्सब, घाँस दाउरा गर्दा जता पनि गाईन्छ । ठाडी भाका विशेषतः महिलाहरुमा प्रिय छ । मनमा हर्ष छाउदा होस् वा दुः ख हुदा महिलाहरु ठाडी भाका सुशेल्न थाल्छन् । 

पछिल्लो समय भइरहेका विभिन्न सांस्कृतिक कार्यक्रम, मेला, महोत्सवमा भने ठाडी भाका गाउने कलाकारलाई प्राथमिकता दिने गरेका छैनन् । सुदूरपश्चिम र मध्यपश्चिममा ओझेल पर्दै गएको ठाडी भाकालाई टिकटकमा रंगादेवीले उजागर गरेको भन्दै उनलाई धेरै दर्शक स्रोताले प्रशंसा समेत गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया